काठमाडौं । नेपालमा साना र मझौला व्यवसाय(एसएमबिएस) लाई सशक्तीकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतिक्षित कार्यशाला सम्पन्न गरेको छ । ग्रो विथ टिकटक सास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो । दिनभरि भएको कार्यशालामा सहभागीहरूले ब्राण्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवालाई रचनात्मकरूपमा प्रदर्शन गर्न टिकटकका अद्वितीय सुविधाको लाभ कसरी उठाउने भन्नेबारे गहन प्रशिक्षण प्राप्त गरेका थिए ।
कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटकमार्फत् गर्न सकिने प्रवद्र्धनका विविध पक्ष समेट्ने सत्रहरूको शृंखला प्रस्तुत गरेको थियो । सहभागीलाई उक्त प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकको संलग्नताका लागि उत्तम अभ्यास र टिकटक अभियान प्रभावकारी बनाउने रणनीतिको परिचय गराइएको थियो । उनीहरूले टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायले कायम र सम्भावित ग्राहकसम्म पुग्न ठूलो लगानी गर्नु नपर्ने कुरा पनि बुझ्न पाएका थिए ।
सो अवसरमा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाबारेमा जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको थियो । कार्यशालामा टिकटकको विविध र गतिशील प्रयोगकर्ता आधारसँग प्रतिध्वनित हुने खालका कन्टेन्ट सिर्जना गर्नेबारे जानकारीमूलक र अन्तरक्रियात्मक दुवै खाले सत्र डिजाइन गरिएका थिए । कार्यक्रमले साना र मझौला व्यवसायका लागि एक बहुमूल्य नेटवर्किङ अवसर पनि प्रदान गरेको टिकटकले जनाएको छ । किनभने सहभागीहरूले उक्त कार्यशालामा विभिन्न उद्योगका साथीसँग जोडिन, अनुभव बाँड्न र साझा चुनौती र समाधानबारेमा छलफल गर्ने मौका पाएका थिए ।
उक्त पहल डिजिटल युगमा फस्टाउन आवश्यक पर्ने उपकरण र स्रोत उपलब्ध गराएर विश्वभरका साना व्यवसायलाई सशक्त बनाउने टिकटकको फराकिलो प्रतिबद्धताको एक हिस्सा रहेको बताइएको छ । साना तथा मझौला व्यवसायको क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि टिकटकले उक्त व्यवसायको प्रवद्र्धन गरेर नेपालको विकास यात्रामा आफू प्रमुख साझेदार बन्ने लक्ष्य लिएको जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा