
काठमाडौं । मिसेस नेपाल वर्ल्ड-२०२४ का प्रतियोगिले आफूमा भएको प्रतिभा प्रस्तुत गरेका छन् । प्रतियोगीले ट्यालेण्ट राउण्डअन्तर्गत आफ्नो भिन्न-भिन्न प्रतिभा प्रदर्शन गरेका हुन् । काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वर्ल्ड-२०२४ मा सहभागी २९ विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, चित्रकला, योगा, अभिनय, ड्रेस डिजाइनिङलगायत आफूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेका थिए ।
प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरूले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताउनुभयो । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी आगामी कात्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने झाले जानकारी गराउनुभयो ।
प्रतियोगिताको ट्यालेन्ट शोमा रंगकर्मी तथा अभिनेता वीरेन्द्र हमाल, अभिनेता तथा अधिवत्ता कृष्ण ढुंगाना, पत्रकार तथा गीतकार डब्बु क्षत्री, नृत्य निर्देशक जोगेन्द्र केसी, गायक झुमा लिम्बु, अभिनेत्री सिर्जना अधिकारी र संगीतकार दीपक शर्मा निर्णायक रहनुभएको थियो ।
कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोंग उषा किरण अधिकारी, सिर्जना व्यञ्जन्कार, अम्बिका गौतम, सुयशा राउत, सहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, अलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सृजना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिमरन कार्की, सारा तामाङ, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा सहभागी हुनुहुन्छ ।
यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २-२ पटक क्यान्सर जितेको महिलासम्म अन्तिम स्पर्धाका लागि छानिएको आयोजकले जनाएको छ ।
यस वर्ष पनि मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छिन् । सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतासमेत चयन गरिने भएको छ । यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको आयोजकले जानकारी गराएका छन् । प्रतियोगिता आइना गजुरेलको सहकोरियोग्राफी, रानी खरेल र सम्राट शाहको संयोजनमा सम्पन्न हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच