काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ । दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई संगठनको सदस्यता दिने निर्णय गरेको हो ।
समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय संगठनको यो निर्णयसँगै जसपा नेपाल प्रोग्रेसिव एलान्सको नयाँ सदस्य पार्टी बन्न सफल भएको छ । विश्वका १९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो ।
सबै महादेशबाट प्रोग्रेसिव एलाइन्सका करिब दुई सय राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुनुभएको थियो ।
जुन क्षेत्रबाट भोट आउँछ उसैलाई समानुपातिक सांसद दिन माग
जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले वर्तमान संविधान अनुसार प्रतिनिधिसभामा महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, पिछडा वर्गलगायत सामाजिक, आर्थिक, दृष्टिकोणले अति पछाडि परेका नागरिकका लागि पूरै देशलाई एउटै क्षेत्र मानेर समानुपातिक, समावेशी सहभागिता गर्न माग गर्नुभएको छ ।
ललितपुरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बज्राचार्यले संविधानमा विभेदकारी भएको भन्दै जुन भौगोलिक समुदायबाट समानुपातिक मत प्राप्त भएको हुन्छ, सोही समुदायलाई पहिलो प्राथमिकतामा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पार्टीका बुद्धिजीवी अगुवा इञ्जिनियर नहेन्द्र प्रधानले स्थानीय जनतालाई स्थानीयको आवश्यकता अनुरूप प्राथमिकता दिएर राजनीतिले अगाडि बढाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा पत्रकार कुमार रञ्जितले जनता समाजवादी नेपालले विगतमा गरेका तीन गल्तीहरू औंल्याउँदै संविधान संशोधन प्रक्रियामार्फत् अगाडि बढ्न सुझाव दिनुभयो । सत्तामा बस्दा एउटा कुरा र बाहिरिँदा भिन्दै कुरा गर्न नपाइने उहाँले स्पष्ट पार्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा