बागलुङ । दसैँको पहिलो दिन हरेक हिन्दु नेपालीले घरमा जमारा राख्छन् । जमरा राख्नुपूर्व घरलाई लिप पोत गर्ने, रङ्ग्याउने प्रचलनसमेत छ । घटस्थापनाको दिन राखेको जमरा विजयादशीको दिन टिकासंगै मान्यजनको हातबाट लगाउने चलन रहेको छ । तर बागलुङको सिमान्तकृत माझी समुदायले भने वषौंदेखि जमरा बिनै दसैँ मनाउने अनौठो परम्परालाई निरन्तरता दिएका छन् । उनिहरुले अनिष्टको भयले जमरा नराखी नै दसैँं मनाउदै आएका छन् ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहीआएको भएपनि बागलुङ नगरपालिका-१ रामरेखाका खनियाबासका माझी समुदायले भने वषैंदेखि जमरा बिनै दसैँं मनाउने गरेको पाइएको छ ।
घरमा जमरा राखे दसैँंनै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँं मनाउने गरेको स्थानीय माझी समुदायले बताएको छ । पिता पुर्खाले भने अनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँंमा जमरा नराख्ने गरिएको हो । करिब सय देखि डेढ सय वर्ष अघि सम्म जमरा राखेपनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको आफूलाई बाबु बाजेले बताउदै आएको स्थानीय कृष्ण माझीले बताउनुभयो ।
खनियाबास र मालढुङ्गामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको भन्ने सुनेको हो, जमारा नराख्ने परम्पराले आगमी दिनमा समेत निरन्तरता पाउछ” कृष्ण माझीले भन्नुभयो “जमरा नराखेपनि दसैँंलाई राम्रै तरिकाले मनाउन थालिएको छ, जमरा घरमा राख्दा हुने अनिष्ट हटेर गएको भन्ने पुर्खाहरुले बताएका थिए ।”
जमरा राख्दा दसैँंमा अनिष्ट हुँने भन्दै पुस्तौ देखि घटस्थापनामा यहाँका माझी समुदाय कसैलेपनि जमरा नराख्ने गरेको देउ कुमारी माझीले बताउनुभयो । “जमरा राख्दा अनिष्ट भएको, छोरी चेलीहरुको मृत्यु भएर दसैँं रोकिएको भनेर जमरा राख्न छोडिएको हो रे, हामीहरुले पनि पुर्खाहरुको कुरा मान्दै आएका छौं” उहाँले भन्नुभयो “घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरुको मृत्यु भएको बाबु बाजेहरुले बताउदै आएको र हामीले त्यही सुन्दै आएको हो, दसैँंको दिन कालिका मन्दिरमा छरेका जमरा मागेर टिका संग लगाउन थालिएको छ, यहाँका १७ माझी परिवार कसैलेपनि जमरा राख्दैनन् ।” जमरा छर्न छोडेपछि कन्याहरुको मृत्यु हुन छोडेर अनिष्ट रोकिएको उनिहरुको भनाई छ ।
दसैँंको दिन टीका जमरा लगाएपनि बागलुङ बजारबाट मागेर अथवा नजिकैको कालिका मन्दिरमा रहेका जमरा ल्याएर लगाउने चलन गरिएको छ । घरमा जमरा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । यसलाई माझी समुदायले आफ्नो परम्पराको रुपमा वर्षौदेखि लिदै आएका छन् ।
दसैँं मनाउने भएपनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायहरुले लिदै आएका छन् । माझीहरुले दसैँंमा जमरा लगाउन हुँने भएपनि जमरा राख्न नुहँने मान्यता स्थापित भइसकेको छ ।
पुर्खौदेखि कालीगण्डकी नदिनमा माछा मारेर, डुङ्गा खिआएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका-१ रामरेखाका माझी समुदायले पछिल्लो समय पेशा परिवर्तन गर्दै आएका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts