गत असोज १७ गतेदेखि नेपाल, भारत, बंगलादेश, इण्डोनेसिया, पाकिस्तान, संयुक्त राज्य अमेरिका (युएसए), मलेसिया, संयुक्त अधिराज्य-बेलायत (युके), सिंगानपुर, म्यानमार (बर्मा), मौरिसस, फिजी, भुटान, माडागास्कार, केन्या, जाम्बिया आदि देशमा दशहरा, दशेरा, बडा दशैँ, मोहनी, दशैँ, कालरात्री, शारदीय चाड आदि नामले चिनिने हिन्दुहरूको प्रमुख चाड मनाउन सुरु गरिएको छ । हो ‘-दशैँ वा भनौं बडा दशैँ ।’ हिन्दु धर्मालम्बीहरूको प्रमुख तथा महान चाडपर्व पनि हो । त्यसैले विश्वका जुन-जुन देशमा हिन्दु धर्मालम्बीहरूको बसोवास रहेको छ, ती ती देशहरूमा दशहरा, दशेरा, बडा दशैँ, मोहनी, दशैँ, कालरात्री, शारदीय चाड आदि नामले भव्य रूपमा मनाउन गरिन्छ ।
त्यसो त दशैँ चाड वा पर्वका सम्बन्धमा भन्नु पर्दाखेरी नेपालमा चाहिँ ‘दशैँ वा भनौं बडादशैँ’ पर्व हिन्दुहरूको मात्रै हो भन्ने एक थरी रहेका छन्, भने अर्का थरी चाहिँ ‘दशैँ वा भनौं बडादशैँ’ हिन्दु धर्मालम्बीहरूको मात्रै नभएर सबै नेपालीहरूको चाड हो भन्नेहरू भेटिन्छन् । हुन पनि यसो हेरविचार गर्दा ‘दशैँ, तिहार, रामनवमी, जनै पूर्णिमा, ऋषि पञ्चमी आदि हिन्दु धर्मसँग सम्बन्धित चाडबाडहरू कसरी सबै नेपालीहरूको हुन सक्ला र ? प्रश्न उठ्छ नै । किनभने नेपालमा हिन्दु धर्मालम्बीबाहेक किरात, क्रिश्चियन, मुस्लिम, बौद्घ, बहाई, जैन, शिख, प्रकृति पूजक र धर्म नै नमान्नेहरूको पनि बसोवास रहेको छ । अझ केही व्यक्ति वा लेखकहरू त वास्तवमा दशैं हिन्दुहरूको पनि चाड होइन भन्छन् ।
जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दशैँ-तिहार हिन्दुहरूको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख नै लेखेका थिए । उता १२ असोज २०७६ मा पनि एक दैनिक पत्रिकामा डा.मदन रिमालले ‘हिन्दुको मात्रै होइन दशैँ’ शीर्षकमा अर्को लेख लेखेका थिए । जसको आशय ‘दशैँ सबै नेपालीहरूको चाड हो भन्ने रहेको थियो । त्यस्तै एक जना ‘राई ’ सरलेचाहिँ ‘दशैँ किराती राईहरूको चाड’ भनी एक अनलाइनमा ‘अन्टसन्ट’ खाले (खासै तथ्य, तर्क र प्रमाणबिना नै लेखेका) लेख लेखेका थिए । यसरी हाल आएर दशैँ चाडबारे नेपालमा खुबै बहस र छलफल भई रहेको छ । दशैँ कसको हो, कसको होइन ? भन्ने सम्बन्मा ठूलै गलफत्ती भइरहेको छ, संभवतः भविष्यमा पनि यस बारेमा गलफत्ती भई नै रहने छ ।
दशैँ केवल एक शुद्घ रूपको चाड वा पर्वमात्रै नभएर राजनीति र अर्थतन्त्रको एक ‘जादुमयी हतियार’ पनि हो भन्नुपर्ने हुन्छ । दशैँ भन्ने बित्तिकै राजनीतिक हतियारको रूपमा प्रयोग हुने र छोटो समयमा अर्थतन्त्रको ठूलो चलखेल हुने अर्थ-राजनीतिको रूपमा पनि प्रयोग हुने गरेको छ ।
जस्तै आर्य/खस समूहका मान्छेहरूले (खासगरी बाहुन, क्षेत्री, ठकुरी, दशनामी, शाह, राणा, हमाल, राणाभाट आदिले) दशमीको दिन रातो रंगले मुसेको चामलको टीको लगाउँछन् भने, उनीहरू दशमीलाई ‘विजया दशमी’ भन्छन् । आदिवासी जनजातिहरूले चाहिँ आर्य/खस समूहका मान्छेहरूले जस्तो रातो टीको नलगाएर दहीले मुसेको ‘सेतो टिको’ लगाउने गर्छन् । अझ नेपालका कुलुङ, शेर्पा, तामाङ, हृयोल्मो आदि जातजातिले त विगतदेखि नै दशैँ मनाउँदैन थिए/मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ ।
अर्थात् आर्य/खसहरूले रातो माटो (रंग) ले घर लिपपोत गर्छन् भने आदिवासी जनजातिहरू सेतो माटो (कमेरो माटो) ले घर लिपपोत गर्छन् ।
त्यतिमात्रै होइन, हिन्दुहरूले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा मुख्य दशैँ मान्ने गरिन्थ्यो भन्ने भनाइ पनि बलियो गरी गढेको छ । किनभने, चैत महिनामा सो दशैँ मान्ने गरिन्थ्यो । अहिले पनि गाउँघरमा सो तिथिलाई चैते दशैँ भन्ने गरिन्छ, चैते दशैँ मान्ने गरिन्छ ।
जसले जे भने तापनि दशैँ चाडको अवसरमा दशैँ आसपासको ३ महिनामा मात्रै देशको वर्षभरिको सम्पूर्ण आर्थिक कारोबरको ४२ प्रतिशतदेखि ४५ प्रतिशत (लगभग आधा) रकम बराबारको व्यापार हुने गरेको भनी ‘कारोबार दैनिक’मा दुई वर्षअघि नै एक समाचार आएको थियो । यसरी हेर्दा दशैँ केवल एक शुद्घ रूपको चाड वा पर्वमात्रै नभएर राजनीति र अर्थतन्त्रको एक ‘जादुमयी हतियार’ पनि हो भन्नुपर्ने हुन्छ । जसले दशैँ भन्ने बित्तिकै राजनीतिक हतियारको रूपमा प्रयोग हुने र छोटो समयमा अर्थतन्त्रको ठूलो चलखेल हुने अर्थ-राजनीतिको रूपमा पनि प्रयोग हुने गरेको छ भन्दा कसैले विमति नराख्लान् कि ?
१, हिन्दु धर्मालम्बीहरूले दशैँको अवसरमा नवरात्रको पहिलो दिन जुन दिन घटस्थपना सुरु गरिन्छ सो दिन शैलपुत्रीलाई सम्झने र शैलपुत्रीको पूजा गर्ने गरिन्छ । स्मरयीण छ, नवदुर्गामध्येकी एक शैलपुत्री देवीले दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको पूmल लिएकी हुन्छिन् भने उनी साँढेमाथि विराजमान रहेकी हुन्छिन् ।
२, नव रात्रको दोस्रो दिन ब्रहृमचारिणीलाई सम्झने र पूजा गर्ने गरिन्छ । दशैँको अवसरमा हिन्दु धर्मालम्बीहरूले पुज्ने नौ देवीहरूमा दोस्रो दिन पुजिने ब्रहृमचारिणी देवीले दाहिने हातमा जप माला र देब्रे हातमा कमण्डलु लिएकी हुन्छिन् भने भूइँमा उनी उभिएकी हुन्छिन् ।
३, नवरात्रका तेस्रो दिन पुजिने चन्द्रघण्टा देवीको १० वटा हातहरू रहेका छन् । देवी चन्द्र घण्टको हातमा धनुबाण, त्रिशूल, गदा, घण्ट, तरबार, कमलको फूल आदि रहेको हुन्छ भने उनी बाघमाथि विराजमान हुन्छिन् ।
४, नव रात्रको चौथो दिन पुजिने कुशमण्डा देवीको चारवटा हात छन् । जुन हातहरूमा कमण्डलु, धनुबाणा, कलश, अमृत, चक्र, गदा, तीर, जप माला रहेको हुन्छ यी देवी पनि बाघमाथि नै विराजमान रहेकी हुन्छिन् ।
५, नवरात्रको पाँचौँ दिन पुजिने सकन्द माता देवीको हातमा दुई हातमा कमलको फूल हुन्छ भने काखमा बालक कुमार (स्कन्द) लाई एक हातले सम्हालेर राखेको हुन्छ भने यी देवी चाहिँ सिंहमाथि विराजमान रहेकी छिन् ।
६, नवरात्रको छैठौं दिनमा कात्यानी देवीलाई पुजिन्छ । कात्यानी देवीको हात चारवटा भए तापनि देब्रेतिरका दुई हातले कमलको फुल र खड्ग बोकेको हुन्छ भने दाहिनेतिरको दुवै हातले आशिर्वचन-ध्यान मुद्रा गरेको देखिन्छ भने यी देवीको वाहन पनि सिंह (बाघ) नै रहेको छ ।
७, नवरात्रको सातौं दिन देवी काल रात्रीको पूजा गर्ने गरिन्छ । यी देवी अरू देवीहरू भन्दा विल्कुलै फरक रहेकी छिन् । किनभने यी देवी आधा नाङ्गो छिन् भने तीन आँखा रहेको (निधारको कालो टीको समेत) छ । यी देवीको चार हातमध्ये देब्रे हातमा खुँडा र भाला (रड) रहेको छ भने दहिने हात मुद्रा आकारमा रहेको छ । यी देवीलाई खास गरीकन रातको समयमा मात्रै पूजा गर्नुपर्ने भन्ने विश्वास छ । त्यसैले पनि यी देवीको नाम ‘काल रात्री’ रहेको होला । साथै यी देवीले आफ्नो वाहनको रूपमा गधा चढेकी हुन्छिन् ।
आठ, नवरात्रको आठौं दिन महागौरी देवीलाई पुज्ने गरिन्छ । चार हात भएकी देवी महागौरीको दाहिनेतिरको एक हातमा त्रिशूल र देव्रेतिरको एक हातमा डमरु रहेको हुन्छ । यी देवी अभय र भद्र मुद्रामा बसेकी हुन्छिन् भने यी देवीको बाहन सेतो रंगको साँढे रहेको छ ।
९, नवरात्रको नवौं दिन सिद्घिदातृ देवीको पूजा गर्ने गरिन्छ । यी देवीलाई सूर गण, असुर गण, देव गण, यक्ष गण, गन्दर्भ गण र स्वयम् देवीहरू गणले पनि आजापूजा गर्ने गर्छन् । यी देवीको हातमा शंख, चक्र, गदा रहेको छ । यी देवी चाहिँ कमलको फूलमाथि विराजमान रहेकी छिन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts