
काठमाडौं । गत शनिबारको बाढीले ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलमा करोडौंको क्षति गरेको छ । ढलको बाढी पसेर स्कुलमा करिब २० करोड बराबरको भौतिक क्षति गरेको हो । बाढीले १५ देखि २० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको आफूहरूको आँकलन रहेको स्कुलका प्रमुख वित्त अधिकृत यज्ञ चापागाईँले बताउनुभयो ।
उहाँका अनुसार बाढीले स्कुलको कम्पाउण्ड वाल भत्काउनुका साथै बस र भुइँतलामा रहेका प्रशासनिक र पुस्तकालयमा क्षति गरेको छ । भौतिक क्षतिसँगै स्कुलमा ढलको हिलो पसेको उहाँले बताउनुभयो । ‘बाढीले कम्पाउण्ड वाल भत्काएको छ, बसहरू डुबेका छन्,’ उहाँले भन्नुभयो, ‘भुइँ तलामा रहेका कक्षाकोठा, प्रशासनिक भवन र पुस्तकालयमा हिलो पसेको छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘बाढीले स्कुलमा ठूलो क्षति गरेको छ । क्षतिको सबै विवरण यकिन भइनसके पनि १५ देखि २० करोड रुपैयाँको भौतिक क्षति भएको हाम्रो प्रारम्भिक अनुमान छ । यसमा थोरै तलमाथि हुनसक्छ ।’
अहिले स्कुलमा पसेको हिलो सफा गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यसैगरी बसहरू मर्मतमा दिइएकाले तिनको अवस्था हेरेपछि क्षतिको यकिन विवरण आउने उहाँको भनाइ छ । यस्तै अन्य भौतिक संरचना पुनर्निर्माण गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
गत बिहीबारदेखि परेको अविरल वर्षाले काठमाडौं उपत्यकासहित आसपासमा ठूलो क्षति गरेको थियो । बाढीपहिरोले उपत्यकामै समेत मानवीयसहित व्यापक भौतिक क्षति गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच