शेयर बजार ६.५९ अंकले घट्यो

Read Time = 1 min

काठमाडौं । शेयर बजार मंगलबार ६.५९ अंकले घटेको छ ।

सोमबार १.१६ प्रतिशतले वृद्धि भएको नेप्से मंगलबार ०.३५ प्रतिशतले ओरालो लागेको हाे । नेपाल स्कट एक्सचेन्जका अनुसार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा रोकिएको छ ।

१८५ कम्पनीको कारोबार हुँदा ४३ कम्पनीमा वृद्धि भएको र १३३ कम्पनीमा ओरालो लाग्दा ९ कम्पनी स्थिर रहेको छ । २७ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको कारोबार भएको हो ।

ADVERTISEMENT

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीमा ८ करोड २२ लाख ३४ हजार बढी र नेपाल लाइफ इन्स्याेरेन्सको ६ करोड ४ लाख ९७ हजार बढीको कारोबार भएको  छ ।

सिटिजन म्युचुअल फण्ड ४.५८ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावर २.९३ प्रतिशतले वृद्धि भएको छ ।  उपसुचक कम्पनीहरू बैंकिङ ०.०८ प्रतिशत, निर्जीवन बिमा ०.०९ प्रतिशत, ट्रेडिङ इन्डेक्समा ०.३० प्रतिशतले वृद्धि भएको र अन्य उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज