अमेरिका । अमेरिकामा आएको हेलेन आँधीका कारण पछिल्लो समयसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको हो । नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ । हेलेन सन् २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी साबित भएको छ ।
सन् २००५ मा यहाँ आँधीबेहरीका कारण एक हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो । ‘हेलेन’ आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौं मानिस हराइरहेका छन् भने करिब आठ लाख घर अझै पनि विद्युतविहीन छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधी प्रभावित क्षेत्रको हवाई भ्रमण गरेपछि जर्जियाको रे सिटीमा बाइडेनले प्रभावितहरूलाई भन्नुभयो, ‘म तपाईंलाई देख्छु, म तपाईंको कुरा सुन्दैछु, म तपाईंसँग दुःखी छु र म तपार्इंसँग प्रतिज्ञा गर्छु, हामी तपाईंको साथमा छौँ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता