
इलाम । पूर्वी पहाडको लाईफ लाइनको रुपमा रहेको मेची राजमार्ग अझै अवरुद्ध छ ।
पाँचथरको फिदिम नगरपालिका २ रमितेमा खसेको पहिरो पन्छाउन सकस हुँदा पाँच दिन यता राजमार्ग अबरुद्ध भएको हो ।
अबिरल बर्षापछि असोज १२ गते रातिको पहिरोले राजमार्ग अबरुद्ध भएको हो । चाडबाडको मुखमा लामो समयसम्म राजमार्ग अबरुद्ध हुँदा पाँचथर र ताप्लेजुङको जनजीवन नराम्ररी प्रभावित भएको छ । पहिरोले सडक छिनाएको र माथिबाट लेदो खस्ने क्रम जारी भएकाले समस्या भएको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो ।
लामो समयसम्म राजमार्ग अबरुद्ध हुँदा पाँचथर सहित सिङ्गो ताप्लेजुङको जनजीवन प्रभावित भएको छ ।
हरेक वर्ष बाढीपहिरोले क्षति पुर्याउँदा पुनः निर्माण चुनौतीपूर्ण बनेको छ । मेची राजमार्गको अधिकांश स्थानमा पहिरो छ भने हेवा खोलाको मोटरेबल पुल बगाएको छ । सर्वसाधारण नागरिकको सम्पत्तिमा ठूलो क्षति भएको छ । कृषि क्षेत्रमा पुगेको असर यकिन हुन सकेको छैन । मेची राजमार्ग छियाछिया बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच