हेटौंडा । १५ बोतल लागुऔषध ओनरेक्ससहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। हेटौंडा-१५रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा उक्त लागुऔषधसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाँउपालिका - ८ बस्ने बर्ष ३४ को शंकर तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार बिहान प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना५ख ८१८१ नं. को यात्रुबाहक बसमा सवार भई आएका निजलाइ शंका लागी शरीर तथा झोलाको खानतलासी गर्दा बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागू औषध ओनरेक्स १०० एम.एल.को १५ बोतल फेला परेको हो।
उक्त लागूऔषधसहित शंकर तितुङलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुर हेटौडाबाट लागू औषध कसुर मुद्धामा १५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भई रहेको जानकारी दिइएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts