काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको वडा नं. १२ स्थित रोशी खोलाको किनारमा रहेको भूमेडाँडा बस्ति अहिले खण्डहर बनेको छ ।
त्यहाँका अधिकांश घरहरु बगरमा परिणत भएका छन् । रहेका बाँकी घरहरु पनि बस्न नमिल्ने अवस्थामा छैनन्। बाढीले किसानले खेतबारीमा लगाएका अन्नबाली, खोला छेउमा रहेका घर, स्कुलसहित टिपर-डोजरसम्म पनि खाेलाले बगाएर लगेको छ ।
अधिकांश स्थानीयहरुको उस्तै आवाज छ- हामी जोगियौं, तर सबै गुमायौं अब कसरी उठ्ने हो थाहा छैन भन्ने छ । बाढी गएको आज ६ दिन बितिसक्दा सम्मत राज्य को संयन्त्र नपुगेको स्थानियको गुनासो छ ।
गत बिहीबारदेखिको परेको अविरल वर्षाका कारण शनिवार रोशी खोलामा आएको भिषण बाढीले त्रपुरै गाउँनै बगाएको छ ।
रोशी खोलामा आएको बढीले त्यो क्षेत्रदेखि पनौती बजारसम्म असर गरेको छ ।
पनौती नगरपालिकाका अनुसार हालसम्म पनौती नगरपालिका क्षेत्र भित्र २० जना व्यक्तिहरू निधन भएको छ । १ हजारभन्दा बढी घर पहिरोमा परी क्षतिग्रस्त भएका छन् । यस्तै कति सम्पति क्षति भयो भन्ने आँकडासम्म गर्न नसकिएको नगरपालिकाले जनाएकाे छ ।














