
काठमाडौं । विजयकुमार शाह परिवारले निर्माणाधीन बाल अस्पताललाई चार करोड आर्थिक सहयोगको प्रतिबद्धता जनाएको छ । शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) को बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पिएसआइसियु र डे केयर सर्जरी शाखाको आवश्यक भौतिक संरचना निर्माणका लागि उक्त सहयोगको प्रतिबद्धता जनाएको हो ।
शाह परिवारको महत्वपूर्ण सहयोगको सम्मान गर्दै पिएसआइसियु र डे केयर सर्जरी शाखाको तलालाई रुस्लान पिएसआइसियु नामाकरण गरिने बताइएको छ । २०८१ भदौ १३ गते शाह परिवारले प्राथमिक चरणमा एक करोड रुपैयाँ केआइओसिएचलाई प्रदान गरिसकेको छ ।
गैरनाफामूलक संस्था जेजिआई नेपाल फाउण्डेसन (जेजिआइएनएफ) ले सहयोग प्रक्रियाको समन्वय एवं सहजीकरण गरिरहेको छ । कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी तीन करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजिआई नेपाल फाउण्डेसनको समन्वय र सहजीकरणमा आर्थिकरूपमा प्रदान गरिने बताइएको छ । उक्त सबै सहयोग रकम विजयकुमार शाहको निजी सम्पत्तिबाट गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच