पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र पेस गरेका छन् ।

किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चालगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएका छन् ।

ADVERTISEMENT

प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्री समक्ष हार्दिक अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *