
भक्तपुर ।पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारका कारण बाढीपहिरोबाट ठूलो क्षति ब्यहोर्नुपरेको बताउनु भएको छ ।
सरकारले पूर्वतयारी र प्रतिकार्य नगर्दा जनधनको ठूलो क्षति भएको उहाँको भनाइ छ ।
मंगलबार भक्तपुरको मध्यपुर थिमि- ३ सागबारी क्षेत्रमा हनुमन्ते नदीले पुर्याएको क्षति अवलोकन निरीक्षण गर्दै उहाँले भन्नुभयो, 'मौसम पूर्वानुमान गर्ने निकायले ठूलो वर्षा हुने पहिल्यै प्रक्षेपण गरेपनि सरकारले पूर्वतयारी र प्रतिकार्यमा पर्याप्त तत्परता देखाएन ।'
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा आफूले पहिल्यै सजग गराएको भएपनि सरकार उदासिन रहेको आरोप लगाउनु भयो । गम्भीरतापूर्वक पूर्वतयारी गरेको भए जनधनको क्षति कम हुने उहाँको जिकिर छ ।
'सरकारलाई दोष दिएको होइन, कमजोरी औल्याएको मात्र हो ।' उहाँले भन्नुभयो । बिपत्ति परिनै सकेकोले सबै मिलेर लड्नुको बिकल्प नभएको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको तर्फबाट सरकारलाई सम्पूर्ण सहयोग रहने समेत प्रष्टपार्नु भयो । प्राकृतिक प्रकोपमा परेका नागरिकलाई तत्काल राहत र पुनर्स्थापनाको काम गर्नुपर्ने र पुनर्निर्माणमा केन्द्रीत हुनुपर्ने उहाँको भनाइ छ ।
सो अवसरमा पूर्व प्रधानमन्त्री प्रचण्डले हनुमन्ते नदी प्रभावित मध्यपुर थिमि३ सागबारी क्षेत्रको डुबान समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि प्रकट गर्नुभयो । हनुमन्तेमा बलियो पर्खाल लगाउनुपर्ने स्थानीयको मागबारे आफू सकारात्मक रहेको बताउँदै उहाँले यसमा केही कानुनी जटिलता रहेको त्यो संघीय सरकारले मात्र फुकाउन सक्ने बताउनु भयो । 'हनुमन्तेमा पर्खाल पैसा नभएर नबनेको होइन, कानुनी स्पष्टतासहित काम गर्न सरकारलाई ध्यानाकर्षण गराउँछु ।' उहाँले भन्नुभयो ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख एवं नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष बिजय कृष्ण श्रेष्ठले हनुमन्ते कोरिडोरमा समस्या रहेको जानकारी गराउँदै सो विषय पालिका वा प्रदेश सरकारले समाधान गर्न नसक्ने बताउनु भयो ।
पूर्वप्रधानमन्त्री प्रचण्ड करिब २ किलोमीटर हिडेरै बाढीपीडितका गुनासो सुन्नु भएको थिए । उहालाई पार्टीका जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्म र, राष्ट्रको लागि दुई घण्टा अभियानका उपाध्यक्ष नरेश रन्जित, अभियन्ता राजु कुटु, ॐ शान्ति टोलसुधार समितिका अध्यक्ष देवीनारायण खतिवडा लगायतका स्थानीयले सागबारी क्षेत्रको डुबान समस्याबारे बिस्तृत जानकारी गराउनु भएकाे थियाे ।
सो अवसरमा पूर्व सभामुख अग्नि सापकोटा, पूर्वमन्त्री शशि श्रेष्ठ, बागमती प्रदेश सभाका सदस्यद्वय देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ भावना, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू डिपी ढकाल, प्रतिमा श्रेष्ठ र रामप्रसाद सापकोटा दिपशिखा त्यसैगरी केन्द्रीय सल्लाहकार शिवहरी खनाल, जिल्ला संयोजक सुनिल गोठे बासु, नेपाल पत्रकार महासंघका सचिव संजीप शुभचिन्तक लगायत सयौं स्थानीयको सहभागिता रहेको थियो ।
- बाबुराम दाहाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच