काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले काठमाडौंस्थित चारवटा विभिन्न रेस्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रेष्टुरेन्टहरूबीच भएको छुट्टाछुट्टै सम्झौताअनुसार बैंकका ग्राहकले ती रेष्टुरेन्टले प्रदान गर्ने खानालगायतका सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकले कमलपोखरीस्थित अचार घर, दरबारमार्गको महोत्सव रेष्टुरेन्ट एण्ड बार, हात्तीसारको नेपाल हाउस रेष्टुरेन्ट एण्ड बार र कमलादीको क्याफे लायन हर्ट तन्दुरी किचेनसँग उक्त छुटसम्बन्धी सम्झौता गरेको हो । सम्झौतासँगै बैंकका ग्राहकले एक वर्षसम्म ती रेष्टुरेन्टमा स्वादिष्ट परिकारहरूमा छुट पाउने बैंकले जनाएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सधैं उच्च प्राथमिकतामा राखेको जनाएको जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts