धादिङ । धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।
आज आइतबार २३ र हिजो १४ जनाको गरि ३७ जनाको शव निकालिएको हो । गोरखाबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बससहित केही साना गाडीहरु पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।
उक्त पहिरो हिजोदेखि नै पन्छाउने काम भइरहेको छ ।
यसअघि हिजो उक्त पहिरोमा परेर १४ जनाको शव फेला परेको थियो ।
यसैबीच पाल्पाको अगाहाखोलाबाट छुटेको बस पनि सम्पर्कविहीन भएको खवर छ ।
पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बस धनी विमल अर्यालले जानकारी गराउनु भएको छ ।
उहाँका अनुसार अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं आउन लागेको रात्री बसका चालक र सहचालकसँग सम्पर्कविहीन रहेका छन् । बसमा १८ देखि २० जना यात्रु रहेका थिए ।







