सप्तकोशीमा पानीको घट्दै, सवारी साधन र पैदल यात्रीलाई अझै रोक

अनिल पोखरेल सप्तरी, संवाददाता
Koshi Byarej1
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । कोशीमा पानीको बहाव घट्न थालेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो ।
५ लाख २ हजार क्युसेक बहाव पुगेको पानीको गति अहिले कम भएर ६ लाख ५५ हजारमा पुगेको जनाइएको छ ।

यद्यपि अहिले खतराको भन्ने उच्च नै रहेको छ भने कोशी ब्यारेजको पुलमाथि बग्न थालेपछी पुलमा थुप्रिएको फोहोर आइतबार बिहानबाट सफा गर्न थालिएको छ ।

ADVERTISEMENT

यता सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं.१३ चारैतिर कोशीको भङ्गालोले घेरिएको गोबरगाडा टापुमा कोशीको बाढी बस्तीहरूमा अहिले दुईदेखि चार फिटसम्म पानी बगिरहेको छ । ब्यारेज पुलबाट आवतजावत अहिले पनि बन्द नै छ ‌।

कोशी नदीको बहाव इतिहासकै दोस्रो उच्च बिन्दुमा पुगेको छ । यसअघि कोशीमा सन् १९६८ सालमा कोशीमा आइतबारको भन्दा बढी पानी बगेको थियो । त्यस बेला ७ लाख ८८ हजार २ सय क्युसेक पानी कोशी ब्यारेज हुँदै बगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *