धादिङ । धादिङको गजुरी गाउँपालिक-५ बेल्खुमा पहिरो जाँदा कार र मोटरसाइकल पुरिएको छ ।
काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३० च ५५८८ कार र गजुरीतर्फ आउउँदै गरेको बागमती प्रदेश ०२-०२९ प ७६३६ मोटरसाइकल पहिरोमा परेको हो । उक्त स्थानमा अहिले डोजरको सहायताले पहिरो पन्छाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
उहाँले पहिरोले कुनै मानवीय क्षति भने नभएको जानकारी दिनुभयो । सडक माथिबाट खसेको पहिरोले सवारी आवागमन भने बन्द भएको छ ।






