काठमाडौं । नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सका रूपमा सम्मानित भएको छ । विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुणकुमार चौधरी तथा सचिव डा. गणेशप्रसाद पाण्डेयको समुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
निगमले १ अगष्ट २०२३ देखि ३१ अगष्ट २०२४ को अवधिमा सबैभन्दा बढी विदेशी मुद्रा १० करोड ८० लाख ४० हजार आठ सय ७६ अमेरिकी डलर आर्जन गरी देशमा विदेशी मुद्रा सञ्चितीमा उल्लेखनीय योगदान पुर्याएको निगम प्रवक्ता रमेश पौडेलले बताउनुभयो । आगामी दिनमा पनि आफ्नो कारोबार बढाई राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन थप योगदान गर्ने निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts