काठमाडौं । यस वर्षको तिहारको छेको पारेर कात्तिक १५ (लक्ष्मी पूजा)देखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा प्रदीप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको छ भने राजबल्लभ कोइरालालाई स्टाइलिस लुक्समा प्रवेश दिइएको छ ।
एक मिनेट २० सेकेण्ड लामो टिजरमा, अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदीप खड्कासँग रोमान्टिक दृश्यहरूमा प्रस्तुत गरिएको छ, साथसाथै सम्बन्धको केही तनावपूर्ण स्थितिहरूलाई पनि चित्रण गरिएको छ । टिजरको अन्त्यमा देखिने दृश्य र राजबल्लभको संवादले यस चलचित्रमा केही रहस्य रहेको आकलन गर्न सकिन्छ ।
राजन भुसालको निर्देशन रहेको यो चलचित्रमा प्रदीप, आना, दिव्या र राजबल्लभका साथमा दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ । ‘एक्टरः टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो भने निर्माता थमनकुमार भण्डारी हुनुहुन्छ । अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की रहनुभएको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेख्नुभएको हो ।
नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन र पोष्ट–प्रोडक्सन सुपरभाइजर साहिल खानको रहेको चलचित्रमा रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमको पोस्टर तथा पब्लिसिटी डिजाइन छ । चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहनुभएको छ भने इभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो छ । संगीत हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीले दिनुभएको छ भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गर्नु भएको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन र कृष्णमान तामाङको कला निर्देशन छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा