पहिरोले घर पुरिँदा धादिङमा एकको  मृत्यु

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । घरमाथिबाट आएकाे पहिरोले घर पुरिँदा धादिङको  थाक्रे गाउँपालिका-६ महादेवबेशीका ४५ वर्षीय सानु राईको मृत्यु भएको छ ।

आज बिहान करिब ६ बजेतिर घरमाथि पहिरो खस्दा थाक्रे गाउँपालिका-६ महादेवबेशीका ४५ वर्षीय सानु राईको मृत्यु भएको धादिङ प्रहरीले जनाएको  छ ।  यसैगरी धादिङको सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने कालु पाण्डे राजमार्ग पहिरोले अवरुद्ध भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका-८ दारेगौडा र साघुटारमा सडक माथिबाट खसेको ढुंगगा माटोसहितको पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको हो। अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्ण रुपले अवरुद्ध बनेको छ । पहिरोले ढुंगा र रुखहरू खसेकोले तत्काल बाटो खुलाउन कठिन भएको  छ ।

ADVERTISEMENT

यसैगरी हिजो साझ धादिङको  गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलामा आएको बाढीले  बगाउदा एक बालिका अझै बेपत्ता छिन् । बेपत्ता  बालिकाको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।

यस्तै गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा  खसेको पहिरोले पुरिएर  २ जना बेपत्ता भएका छन्  । नदीमा माछा मार्न गएका बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।  पहिरोले पुरिएपछि बेपत्ता २ जनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?