काठमाडौं । नेपाल बैंक र अनलाइन इ-कमर्स प्लेटफर्म दराज केयमुबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकलाई दराजको अनलाइन पोर्टलमार्फत् सामान खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतासँगै नेपाल बैंकका निक्षेपकर्ताले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म छुट हुने र क्रेडिट कार्ड माध्यममार्फत् अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुर्ई हजार रुपैयाँ बराबरकोे छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
छुट प्राप्त गर्न नेपाल बैंकको शाखामा सम्पर्क गरी ग्राहकले आफ्नो कार्डमा इ-कमर्स सक्रिय गर्नुपर्ने भएकाले बैंकले ग्राहकलाई आफ्नो कार्डमा इ-कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डका लागि आवेदन दिनसमेत आग्रह गरेको छ । उक्त योजना असोज २१ गतेसम्म लागू हुने बताइएको छ ।






