रातीको समयमा कार्यालय परिसरमा रहेको रुख डिएफओले नै काटेपछि…

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीमा डिएफओले नै रुख काटेपछि बबण्डर भएको छ । बन संरक्षण र प्रवर्द्धनको जिम्मेवारीमा रहने डिभिजन बन अधिकृत(डिएफओ) जिवन पंगेनी आफ्नै कार्यालय परिसर भित्रको रुख रातातात काट्न लगाए पछि कार्यालयमा बमण्डर मच्चिएको हो ।

कार्यालयका सबै कर्मचारीले परिसर भित्र रहेको आँपको रुख काट्न हुदैन भनेर दिउँसो काट्न नदिए पछि रातीको बेला डिएफओ पंगेनीले रुख काट्न लगाए पछि अहिले बमण्डर मच्चिएको हो । कार्यालय परिसरमै रहेको रुख भए पनि काट्नका लागि प्रकृया पुर्याएर मात्र काट्न पाउने कार्यालयका कर्मचारीले बताए । रुख काट्न दिउँसै डिएफओ तम्सिएका थिए,तर कर्मचारीले काट्न हुदैन, काट्न दिइएनन्, सबै कर्मचारी घर गए पछि राती करिब १० बजे आफै पहिला रुख काट्न थालेर पछि कार्यालय सहयोगीलाई काट्न लगाएका थिए । रुख कटान भई रहेको बारे वरिपरिका स्थानियले हल्ला गरेपछि प्रहरी डिभिजन बन कार्यालय पुगेको थियो ।

विहानै देखी डिएफओ प्रजिअ निवास पुगेर आफुले रुख नकाटेको हाँगा मात्रै काटेको भन्दै हारगुहार लगाएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताउनु भयो । काटिएको रुखको हाँगाहरु कार्यालयको कुनामा लुकाएर राखिएको छ भने पातहरु कार्यालयको कम्पाउण्ड बाहिर खाल्टोमा फालिएको छ । काटिएको रुखको जरामा धुलोले छोपिएको छ । रुख काट्नै पर्ने आवश्यक थियो भने प्रकृया पुरा गरेर दिउँसै कटान गर्नु पर्ने हो, तपाई किन राती राती रुख काट्न थाल्नु भयो ? यसले बाहिर के सन्देश दिन्छ ? भन्ने प्रश्नमा गल्ती स्वीकार गरेको यादवको भनाई थियो । अहिले स्थानियबासी र कर्मचारी स्वम् डिएफओको कार्यशैली ठिक नभएको बताउदै सम्बन्धित निकायले आवश्यक कारवाही चलाउनु पर्ने माग गर्न थालेका छन् ।

ADVERTISEMENT

लुकिछिपि डिएफओले नै कार्यालय परिसरको रुख आफ्नो घरको सम्झेर मनपरी कटान गर्ने डिएफओलाई कार्वाही हुनु पर्ने स्थानिय समाजसेवी रामभवन यादवले बताउनु भयो । "यस्ता डिएफओलाई सम्बन्धित निकायले कारवाही चलाउनु पर्छ, होईन भन्ने त्यसका लागि संघर्षमा स्थानिय उत्रिन बाध्य हुनेछन् ।" यादवले भन्नु भयो । कर्मचारी नै हो,भनेर जोगाउन पाईदैन्,कुनै किसानले थाहा नपाएर आफ्नै बारीको रुख कटान गर्दा कटान आदेश चाहिने, अन्य सरकारी निकायमा पनि रुखहरु रहेका छन्, काट्नु पर्ने आवश्यकता भयो भने नियमावली अनुसार प्रकृया पुरा गरि बन प्राविधिकले नै उभिएर कटाउने गर्छन् ।

डिएफओ आफैले रुख काट्ने त्यो पनि राती राती लुकेर यो कस्तो प्रवृति हो भन्दै स्थानीयले प्रश्न उठाएका छ्न । हेर्दा एउटा आँपको रुख काटिए देखिए पनि यसको चर्चा बजार र कार्यालय कार्यालयमा भईरहेको छ । कार्यालयका कर्मचारीमा त बवण्डर नै मच्चिएको एक कर्मचारीले सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?