काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मुहमद युनुसबीच भेटवार्ता भएको छ ।
सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र युनुसबीचको भेटवर्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो ।
साथै भेटमा ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध र क्षेत्रीय बहुपक्षीय मञ्चहरूमा सहकार्यमा केन्द्रित रहेको नेपाल(बंगलादेश सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा