काठमाडौं । भाटभटेनी सुपरमार्केटले दशैँ, तिहार तथा छठ पर्वका अवसरमा विभिन्न सामग्रीमा भारी छुट प्रदान गर्ने भएको छ । भाटभटेनीका अनुसार असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म रहने उक्त छुटअन्तर्गत विद्युतीय सामग्रीमा २० देखि ४० प्रतिशतसम्म छुट रहेको छ भने किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट रहेको छ । रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको छ भने सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुट रहेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट रहेको छ भने चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा पनि भारी छुट रहेको छ । जिरा मसिनो स्टिम चामल २२ सय २० रुपैयाँ, प्रिमियम सोना मनसुली २५ केजी बोरा १६ सय ४० रुपैयाँ र लङग्रेन चामल २० केजीको ३२ सय २५ रुपैयाँमा उपलब्ध हुने बताइएको छ ।
त्यस्तै मुसुरो दाल प्रतिकेजी एक सय ४८, मास दाल प्रतिकेजी दुर्ई सय १३, रहरको दाल प्रतिकेजी दुई सय ८८, मुंग दाल प्रतिकेजी एक सय ६७, ब्राउन चना प्रतिकेजी एक सय ६८ र चिउरा प्रतिकेजी एक सय आठ रुपैयाँमा उपलब्ध गराइने भाटभटेनीले जनाएको छ । त्यस्तै तोरी तेल प्रतिलिटर दुई सय ७९, सनफ्लावर तेल प्रतिलिटर एक सय ९८, सोयाबिन तेल प्रतिलिटर एक सय ९७, डिडिसीको घ्यू प्रतिकेजीमा ८१ घटाएर नौ सय ९९, चिनी प्रतिकेजी एक सय र चिया प्रतिकेजी चार सय ९८ रुपैयाँका साथै निर्धारित कार्पेटमा २० प्रतिशतसम्म र लगेजमा ३० प्रतिशतसम्म छुट रहेको भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts