
काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।
साइबर ब्युरोले प्रसाईंलाई म्याद थप गर्न आज अदालतमा उपस्थित गराएको थियो । उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेर अदालतमा पेस गरिएको थियाे ।
साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई आइतवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको थियो ।
मेडिकल व्यवयायी प्रसाईं पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्र फर्काउने अभियन्ता बनेका थिए । उनी सार्वजनिक ठाउँमा विभिन्न 'अराजक' अभिव्यक्ति दिँदै आएका थिए । यही आधारमा उनीविरुद्ध मुद्दा परेको हो ।
युट्युब मार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिला र अर्का एक जना पुरुषको चरित्रहत्या गरेको आरोप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच