
भोजपुर । बहिरा बालबालिकाहरुलाई अहिले पनि हेयको दृष्टिकोणबाट हेर्ने गरिएकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । अभिभावकहरुमा नै भ्रम र अन्धविश्वास देखिएकाले बालबालिकाहरु अहिले पनि शिक्षाबाट बञ्चित भइरहेको भोजपुर बहिरा संघका सचिव सन्तकुमार तुम्बापोको भनाई रहेको छ ।
तुम्बापोले भन्नुभयो, “गाउँघरमा पढने उमेरका बहिरा बालबालिका छन तर अभिभावकले सांकेतिक भाषा प्रयोग गर्ने व्यक्ति लाटो भन्ने र आफ्नो सन्तान पनि लाटो हुने जस्ता भ्रम र अन्धविश्वासले गर्दा बालबालिका अझै शिक्षाबाट वञ्चित छन ।”
अभिभावक र छरछिमेकीको गलत बुझाइले निर्दोष बहिरा बालबालिकाको भविष्य बर्बाद हुदैछ, तुम्बापो भन्नुहुन्छ । यस्तो अबस्थालाई सुधार गर्न सांकेतिक भाषा सम्बन्धि जनचेतना जगाउन र दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको सरोकारवालाको धारणा छ ।
बहिरा समुदायले प्रयोग गर्ने सांकेतिक भाषा कम हुँदा थप समस्या देखिने गरेको भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष सिताराम ओझाले बताउनुभयो । बहिरा समुदाय राज्यबाट उपेक्षित हुन नहुने बताउँदै अध्यक्ष ओझाले सरकारी तथा निजी कार्यालयहरुमा दोभाषेको व्यवस्था नहुँदा सेवा लिन समेत बञ्चित हुनु परेको गुनासो गर्नुभयो । हरेक कार्यालयहरुमा एकजना दोभाषेकारुपमा राखिनु पर्ने ओझाको माग छ ।
राज्यका प्रत्येक निकायमा सहभागिताको सुनिश्चिता, सार्वजनिक सेवामा बहिराहरुलाई ५० प्रतिशत छुटको ब्यवस्था, एक पालिका एक दोभासेको ब्यवस्था, नेपाली सांकेतिक भाषाको विकास र संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार, न्याय जस्ता आधारभुत अधिकारमा बहिरा समुदायको पहुँचमा बृद्धि लगायतका मागहरु बहिरा समुदायको रहदै आएको छ ।
भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले एक पालिका एक दोभाषेको माग भई रहेको अवस्थामा भोजपुर नगरपालिकाले भने त्यसको ब्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दोभाषेको सन्दर्भमा भोजपुर नगरपालिकाले आवश्यक परेको बेलाको लागि एक जना महिला दोभाषेको ब्यवस्था गरि सकेको छ ।” अन्य पालिकाहरुले पनि यसको सुरुवात गर्न जरुरी छ ।
जिल्लामा २०७५ सालबाट सदरमुकाममा भोजपुर बहिरा आवासीय आधारभुत विद्यालय स्थापना भएर पठन पाठन हुदै आई रहेको छ । जहाँ अहिले २३ जना बालबालिकाहरु अध्यनरत रहदै आएको प्रधानाध्यापक सरिता तामाङले बताउनुभयो ।
प्रअ तामाङले भन्नुभयो, “बहिरा व्यक्तिले केही गर्न सक्दैनन् भन्ने समाजको भ्रम हटाउनु आवश्यक छ, अध्ययनबाट बञ्चित रहेका बालबालिकाहरुलाई पठनपाठनको ब्यवस्था मिलाउनु पर्छ ।” यसका लागि राज्यले पनि केही गर्न आवश्यक छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच