काठमाडौं । विगत केही दिनदेखि निरन्तर घट्दोक्रममा रहेको सेयर बजार साताको तेस्रो दिन पनि ५८.९३ अंकले घटेर २४७०.३९ अंकमा झरेको छ । मंगलबार तीन सय नौवटा कम्पनीका एक करोड ५५ लाख चार हजार नौ सय २९ कित्ता सेयर पाँच अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता सेयर पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार भने पाँच अर्ब नौ करोडको सेयर कारोबार भएको थियो ।
मंगलबार नेप्से घटे पनि काराबोर भने सामान्य बढेको छ । दुई सय ३३ कम्पनीको सेयरमूल्य घटेको र १० कम्पनीको सेयरमूल्य बढेको छ । यस दिन अपरस्यांगे हाइड्रोपावरको सेयरमूल्य ७.८३, एनआइबिएल ग्रोथ फण्डको इकाई मूल्य पनि ४.८५ र इंग्वा हाइड्रोपावरको ४.१४ प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको सेयरमूल्य ८.७४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एनएलजी इन्स्योरेन्सको १८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने दोस्रो स्थानमा सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्सकोे १७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । हिमालयन रिइन्स्योरेन्सको १४ करोड ६५ लाखभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक ४.६० प्रतिशतले घटेको छ भने विकास बैंक समूह ३.०३ र लगानी समूह २.९८ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।






