बर्दघाटमा शाखागत कार्य सम्पादन सम्झौता 

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्य सम्पादन सम्झौता गरेको छ । चालु आर्थिक बर्षमा नगर कार्यापालिकाले गरेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सन्दर्भमा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालबीच कार्य सम्पादन  सम्झौता भएको हो ।

चालू आर्थिक बर्षका लागि कार्यापालिकाले तय गरेका नीति कार्यक्रम र बजेटका सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत खनाल र शाखा प्रमुखहरु बीचसमेत कार्य सम्पादन सम्झौता गरिएको छ । शिक्षा, स्वास्थ्य र राजस्व शाखालाई ९० प्रतिशत पूरा गर्नु पर्ने लक्ष्य निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताउनु भयो । " हामीले शाखागत रूपमा कार्य सम्पादन सम्झौता गरेका छौं । जसमा कम्तीमा ८० प्रतिशत हासिल गर्न शाखाहरुलाइ लक्ष्य दिइएको छ ।" खनालले भन्नुभयो ।  स्वास्थ्य शाखा स्वास्थ्य चौकी र नगर अस्पतालसङ्ग र शिक्षा शाखा विद्यालयहरुसङ्ग कार्य सम्पादन सम्झौता गरीने खनालले उल्लेख गर्नु भयो ।

ADVERTISEMENT

भौतिक निर्माण र कृषि तर्फ भने ८० प्रतिशतको लक्ष्य दिइएको छ । बर्दघाट नगरपालिकाको काममा चुस्त र दुरुस्त रुपमा गर्नका लागि कार्य सम्पादन सम्झौता गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । " प्रत्येक शाखालाई जिम्मेवारी पुर्ण बनाउन शाखागत कार्य सम्पादन सम्झौताले सहयोग गर्छ ।" नगर प्रमुख श्रेष्ठले भन्नु भयो । कार्य सम्पादन सम्झौताले शाखागत काम र सो कामको जवाफदेहिता बढ्ने श्रेष्ठको भनाइ छ ।

अहिले नगरले गरेको कार्य सम्पादन सम्झौता अनुसार प्रत्येक चौमासिकमा शाखागत रुपमा समिक्षा गरीने नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भयो । कार्य सम्पादन सम्झौतामा सेवा प्रवाह र पारदर्शीता लाई उच्च प्राथमिकता दिइएको छ । साथै सुसासन कायम, सार्वजनिक सुनुवाइ, गुनासो सुनुवाइ, सेवाग्राही मैत्री व्यवहार, तथ्यांक अभिलेखिकरण र व्यवस्थापन, राजस्व संकलन, पुजिगत खर्च,  बजार ब्यवस्थापन, लेखा परिक्षण प्रतिबेदनको सार्वजनिकिकरण जस्ता  बिषयहरु समेटिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?