काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर बराबरको युएसएआइडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजना घोषणा गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी (नेपाल कन्ट्री प्लान २०२४-२०२८ को पनि उद्घाटन गरिएको थियो, जसमा नेपालमा खाद्य र पोषण सुरक्षा सुधार गर्न अमेरिकी सरकारको दृष्टिकोण प्रस्तुत गरिएको थियो । युएसएआइडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले संघीय, प्रदेश र स्थानीय सरकारमार्फत् लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कृषि विकास कार्यक्रमको योजना र कार्यान्वयन सुदृढ गर्न नेपाल सरकारको क्षमता अभिवृद्धि गर्नेछ । परियोजनाले ६९ हजार घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यासहरू अपनाउन सहयोग गर्ने बताइएको छ ।
नयाँ ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी (नेपाल कन्ट्री प्लान २०२४-२०२८) ले गरिबी, भोकमरी र कुपोषण दिगोरूपमा घटाउन कृषि र खाद्य प्रणाली रूपान्तरण गर्न लक्षित छ । कन्ट्री प्लानअन्तर्गत तराई र पहाडका २६ जिल्ला समावेश हुनेछन्, जसअन्तर्गत अमेरिकी सरकारको कृषि विकास कार्यक्रमलाई मधेश प्रदेशसम्म विस्तार गरी नेपालको सबैभन्दा जोखिममा रहेका जनसंख्यामा अझ बढी पहुँच बढाउने बताइएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित अमेरिकी राजदूत डिन थम्पसनले भन्नुभयो, ‘नयाँ ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी (नेपाल कन्ट्री प्लान) ले संयुक्त राज्य अमेरिकाको नेपाल सरकार, यहाँका निजी क्षेत्र र समुदायसँगको विद्यमान साझेदारी सुदृढ गरी समावेशी, उत्थानशील र दिगो विकास हासिल गर्नेछ र हाम्रो नयाँ गभरमेन्ट टु गभरमेन्ट सम्झौता नेपालमा खाद्य सुरक्षालाई सुनिश्चित गर्ने हाम्रो सामूहिक प्रतिबद्धताको एक उदाहरण हो ।’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भन्नुभयो, ‘नेपाल र अमेरिकाबीचको दीर्घकालीन साझेदारीका लागि कार्यक्रम महत्वपूर्ण रहेको भन्दै खाद्य सुरक्षालाई अगाडि बढाउन र दिगो विकास प्रवद्र्धन गर्न दुवै सरकारको संयुक्त प्रयासलाई जोड दिँदै सहकार्यप्रति नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । सन् २०११ देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले आठ लाखभन्दा बढी नेपालीहरूलाई कृषि उत्पादकत्वमा वृद्धि, व्यवसाय प्रवद्र्धन र पोषणमा सुधारका लागि एक सय ८१ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग गरिसकेको छ । उल्लेखित पहलहरूका कारण फिड द फ्युचर कार्यक्रम सञ्चालन भएका जिल्लाहरूमा गरिबीमा ७१ प्रतिशत र बालबालिकामा हुने कुपोषणमा ३९ प्रतिशतले कमी आएको बताइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा