काठमाडौं । भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ कुमारी बैंकले विभिन्न दुईवटा विधामा अवार्ड प्राप्त गरेको छ । बैंकलाई एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्डस् बिजनेस र एक्सिलेन्स इन क्रम बोर्डर बिजनेस अवार्ड प्रदान गरिएको हो ।
स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणाली आत्मसात गर्दै अघि बढेको र आगामी दिनमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका लागि डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता बैंकले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता