काठमाडौं । ज्योति विकास बैंकले इ-नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा छजना बालबालिकालाई थ्रिडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत् बैंकले उक्त सहयोग प्रदान गरेको हो । इ–नेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले कृत्रिम हातहरू बालबालिकालाई हस्तान्तरण गरेको थियो । कृत्रिम हातहरूले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुका साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ ।
हालसम्म बैंकले यस्ता कृतिम हात २६ बालबालिकालाई प्रदान गरी उनीहरूको जीवन रूपान्तरण गर्न सहयोग गरिसकेको जनाएको छ । ज्योति विकास बैंकले आफ्नो १६औं वार्षिकोत्सवका अवसरमा इ–नेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाका लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । थ्रिडी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हात हलुका हुनुका साथै औंला चलाउन पनि मिल्ने तवरले इञ्जियरिङ गरिएको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts