
काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मी पूजा)देखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘एक्टरः टेक वन’का तीन नयाँ पोष्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । पोष्टरहरू रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन् । पोष्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुपरस्टार प्रदीप खड्का, अभिनेत्री आना शर्मा र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ । एक पोष्टरमा प्रदीप खड्कालाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोष्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदीपसँग प्रेमभावमा प्रस्तुत गरिएको छ । यी पोष्टरबाट चलचित्रमा त्रिकोणात्मक प्रेमकथाको संकेत पाइन्छ ।
राजन भुसालले निर्देशन रहेकोे यो चलचित्रमा प्रदीप, आना र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ । अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति रहेको यो चलचित्रको निर्मातामा थमनकुमार भण्डारी हुनुहुन्छ । अनिश भुसाल सहनिर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की रहनुभएको चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेख्नुभएको हो ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोष्ट–प्रोडक्सन सुपरभाइजर साहिल खान रहनुभएको छ । चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहनुभएको छ भने इभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो छ । संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिनुभएको चलचित्रको कोरियोग्राफी शिशिर खाती र किरण थापाले गर्नुभएको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रमा कृष्णमान तामाङको कला निर्देशन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच