काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।
उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।






