काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच सहकार्यका लागि सम्झौता भएको छ । नेपाल आउने भारतीय नागरिकलाई क्युआर मर्चेन्टमार्फत् भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधा प्रवद्र्धनका लागि सम्झौता भएको हो ।
फोन पेसँगको सहयोगमा भारतीय नागरिकले भारतीय भुक्तानी सेवा प्रदायकहरू जस्तै भीमपे, युपिआई, फोनपे, गुगलपे आदिका माध्यमबाट महालक्ष्मी विकास बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी मनकामना केबुलकार शुल्क भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकको पहिलो रोजाइका रूपमा रहेकाले डिजिटल भुक्तानीमा समेत उल्लेख्यरूपमा वृद्धि हुने विश्वास लिइएको छ ।






