
काठमाडौं । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजनासम्बन्धी अन्तरक्रियामा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक भएको भन्दै सामाजिक सुरक्षाका कार्यक्रम राम्रो भएको देशमा मात्रै आमनागरिक खुसी हुने बताउनुभयो ।
कोषले प्रदान गर्दै आएको नागरिक पेन्सन योजनालगायतका कार्यक्रमले मात्रै सबै नागरिकलाई तनावरहित बनाउन सहयोग पुर्याउने पाण्डेको भनाइ थियो । भविष्यमा आफूसँग केही पनि हुन नसक्ने अवस्था आउन नदिन आमनागरिक, निजी क्षेत्र, संगठित क्षेत्रमा कार्यरत सबैलाई कोेषले सञ्चालन गरेको नागरिक पेन्सन योजनामा सहभागी हुन पनि उहाँले आग्रह गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कोषसँग सहकार्य गर्न निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले एउटै प्रकृतिका तीनवटा कोष सञ्चालन गरेकाले कसमा जाने भन्ने अवस्था आएको भन्दै कोषले स्पष्ट बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागीले कोषले सञ्चालन गरिरहेका कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान योजना, आवास कर्जा, सरल कर्जा ८० प्रतिशत ऋण सापटी र नागरिक एकांक योजनाबारेमा जिज्ञासा राखेका थिए । जिज्ञासा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष किन स्थापना भएको भन्ने प्रश्नमा यी तीनैवटा संस्था छुट्टाछुट्टै प्रकृतिका भएको र संस्था स्थापना गराउने कार्य नेपाल सरकारले आवश्यकता देखेरै गरेको उहाँले बताउनुभएको थियो ।
राष्ट्र सेवक कर्मचारीको बिमा कार्यक्रमबारे कोषले २०७५ सालसम्म मात्रै बिमाको कार्यक्रम सञ्चालन गरेको र त्यसपछि सरकारको निर्णयअनुसार कोषले त्यस्ता कर्मचारीको रकम संकलन कार्यमात्रै गरिरहेको उहाँले जानकारी दिनुभएको थियो । उपदान कोषमा १५ प्रतिशत कर लिएको सम्बन्धमा २०७५ सालसम्म कोषले पाँच प्रतिशतमात्रै कर कट्टी गर्ने गरेकोमा त्यसपछि सरकारले १५ प्रतिशत कर लिने व्यवस्था गरे पनि अदालतले पाँच प्रतिशतमात्रै कर कट्टी गर्न दिएको आदेश पालना कोषले गरिरहेको श्रेष्ठले बताउनुभएको थियो ।
शाखा कार्यालय पोखराका प्रमुख नवराज गौतम कोषले सेवाग्राहीलाई दिने ब्याजको अक्तिरिक्त प्रतिफल दिने एवं दुर्घटना बिमासमेत उपलब्ध गराउँदै आएको, घर, जग्गा अपार्टमेन्ट खरिद गर्न र घर बनाउन पनि लगानी गरिरहेको जानकारी गराउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच