काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले पार्टी उपसभापति धनराज गुरुङलाई सांसद र उपसभापति दुवै पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ ।
उपसभापति गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने उहाँको भनाइ थियो ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो,‘यो त उहाँले आत्मनिर्णय र आत्मसमिक्षा गर्ने कुरा हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमिक्षा गर्नुपर्छ । धनराजले संसद्मा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस भन्नुभयो । छानबिनले कारबाही सिफारिश गरेको छ । कांग्रेसले उहाँसँग छलफल गर्नुभन्दा अगाडि धनराजले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसद्को बैठकमा उपस्थित हुन्नँ भन्नुपर्यो । अहिले नै संसद्बाट पनि राजीनामा दिन सकिन्छ । भुटानी शरणार्थी प्रकरणमा खाँणमाथि पनि राजीनामाको विषय उठेको थियो । स्वविवेकले राजीनामा दिनुपर्छ भन्ने हो मेरो त । उहाँले उपसभापतिबाट राजीनामा दिनुपर्छ ।’
नेपालमा सबैभन्दा बढी विकास भएको भनेको भ्रष्टाचार भएकोले अब भ्रष्टाचार नियन्त्रणमा कडा हुनुपर्नेमा उहाँको जोड थियो ।
साथै उहाँले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनुपर्ने बताउनु भयो। उहाँले रवि लामिछानेलाई फ्रडको संज्ञा समेत दिनुभयो ।
सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घामजस्तै छर्लङ् भएको भन्दै उहाँले अब रवि लामिछानेका पक्षधरले वकालत गर्न जरूरी नभएको समेत बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts