नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य : उपप्रधानमन्त्री पौडेल

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले नीति, कार्यक्रम र पहलहरुमार्फत वातावरणीय र जलवायु चुनौतिहरुको सामना गर्न महत्वपूर्ण कदमहरु उठाएको जिकिर गर्नुभयो । उहाँले सरकारले उठाएका कदमलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले जलवायु परिवर्तन नीतिले विकास योजना निर्माणमा जलवायु अनुकुलतालाई समावेश गर्ने रणनीतिक ढाँचा प्रदान गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर हरित जलवायु कोष जस्ता संयन्त्रहरुमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गरिरहेको बताउनु भयो । उहाँले वित्तीय संस्थाहरुमा नविकरणीय उर्जा, वातावरणमैत्री पूर्वाधार र जलवायुअनुकुल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो ।

ADVERTISEMENT

अर्थमन्त्री पौडेलले नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्नसक्ने विशाल प्राकृतिक श्रोतहरु रहेको भन्दै जलविद्युतको सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी रहेको बताउनु भयो । उहाँले नविकरणीय उर्जामा गरिने लगानीले घरेलु उर्जाको आवश्यकता पूरा गर्न मात्र नभइ छिमेकी मुलुकलाई स्वच्छ उर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको छ भन्ने सच्चाईलाई ग्हिरोसँग महशुस गर्नुपर्छ । म हाम्राअघि रहेका चुनौतिहरुप्रति पनि पूर्ण रुपमा सचेत छु । समाधान सम्भव छ भन्नेमा पनि आशावादी छु । नेपालले नीति, कार्यक्रम र पहलहरुमार्फत वातावरणीय र जलवायु चुनौतिहरुको सामना गर्न महत्वपूर्ण कदमहरु उठाएको छ । तिनलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता छ । हाम्रो जलवायु परिवर्तन नीतिले विकास योजना निर्माणमा जलवायु अनुकुलतालाई समावेश गर्ने रणनीतिक ढाँचा प्रदान गरेको छ । हामीले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर हरित जलवायु कोष जस्ता संयन्त्रहरुमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्दैछौँ । यि श्रोतहरु जलवायु अनुकुल र न्युनिकरण, विद्युतीय उर्जा, कृषि र विपद् न्युनिकरणका लागि महतत्वपूर्ण हुनेछन् । वित्तीय संस्थाहरुमा नविकरणीय उर्जा, वातावरणमैत्री पूर्वाधार र जलवायुअनुकुल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी छ । नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्नसक्ने विशाल प्राकृतिक श्रोतहरु छन् । हाम्रो जलविद्युतको सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी छ । नविकरणीय उर्जामा लगानी गरेर हामीले आफ्नो घरेलु उर्जाको आवश्यकता पूरा गर्न मात्र नभइ छिमेकी मुलुकलाई स्वच्छ उर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्नसक्छौँ ।’

उपप्रधानमन्त्री पौडेलले आर्थिक प्रगति र पर्यावरणीय संरक्षणलाई सन्तुलित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो । नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अघि बढिरहेको बतउनु भयो । विकास मोडलले वातावरणीय अनुकुलता, दिगो पन र समानतालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?