मौरीघारमा भालुले क्षति गर्दा जुम्लाका किसान चिन्तित

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाका मौरी पालक किसानका मौरीघारमा भालुले क्षतिगर्दा यहाँका किसान चिन्तित बनेकाछन् । भालुबाट मौरीलाई बचाउन निकै सकस भएको चन्दननाथ नगरपालिका-४ का मौरी पालक किसान रामकृष्ण बुढ्थापाले जानकारी दिनुभयो । दुई वर्षको अन्तरमा १३ वटा मौरीका घार भालुले खाइदियो । अहिले एकमात्र घार रहेको छ । सो घारपनि भालुबाट बचाउन निकै कठिन भएको मौरी पालक किसान बुढ्थापाको भनाइ छ ।

भालु धपाउन अनेकन उपायहरु गरे पनि सकिएको छैन । रातभर मान्छेहरू जाग्राम बस्ने,थाले केही गरेर पनि भालुदेखि घार बचाउन सकिएन । न भालु धपाउन सकियो नत घारको सुरक्षा दिन सकिएको छ ।

जंगलको छेउमा मौरीपालन भएकोले चरन क्षेत्रको अभाव थिएन । गाउँ नजिकै मौरीपालन गर्दा चरन क्षेत्र अभावले रोग लाग्ने गरेको मौरी पालक किसान बुढ्थापाले बताउनुभयो । भदौ, असोज र कात्तिक महिना मौरीपालनमा भालु आतंकनै हुने गरेको मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाइँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

भालुले मौरीको लार्भा र मह खाइरहेको छ । दुधिलो र मिठो हुने भएकोले भालुले मौरी घार खोजीखोजी खाने गरेको यहाँका किसानहरू बताउँछन् । भालुले चन्दननाथ नगरपालिकाको चौरखोला, रडिखल्ला र तलिउम क्षेत्रमा मौरीघारहरू सखाप पारिरहेको छ । कनकासुन्दरीको लेकाली क्षेत्र, पातारासीको पेरे, गुठिचौरको कोल्ते क्षेत्रमा मौरीघारमा भालुले धैरै क्षति गरेको मौरीपालन सहकारी संस्थाका सचिव चौलागाइँले बताउनुभयो ।

भालु र रोगले मौरी मासिन थालेपछि किसानहरूले मौरीको दररेट तोक्न दिन भन्दै कृषि विकास कार्यालयमा निवेदन समेत दिएका छौ ।

कार्यालयबाट सुनुवाई भएको छैन । सरकारले ७५ प्रतिशत अनुदानमा मौरीको बीमा गर्ने व्यवस्था गरेको छ । अन्य जिल्लाहरूमा मौरी बीमाको सेवा किसानहरूले लिइरहेका छन् । जुम्लामा बीमा हुन सकेको छैन र पहिलो पटक मौरीको बीमा गर्न भन्दै शिखर इन्सुरेन्समा गएपनि कम्पनीले मौरीको दररेट मागेपछि हामीसंग दररेट नभएकोले बीमा गर्न नसकेको मौरीपालन सहकारी संस्थाका सचिव चौलागाइँको भनाइ छ । हरेक वर्ष कुल घार संख्याको १५ प्रतिशत घार भालुले खाइदिने गरेको मौरीपालन सहकारी संस्था जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?