काठमाडाैं । इजरायली सेनाले उत्तरी वेस्ट बैंक शहर जेनिनको दक्षिणमा पर्ने कबातिया शहरमा तीन प्यालेस्टाइनी बन्दुकधारीलाई मारेको प्यालेस्टिनी श्रोतले बताएको छ ।
इजरायली सेनाले शहरमा आक्रमण गरी एउटा घरलाई घेरा हालेर तीन बन्दुकधारीलाई मारेको प्यालेस्टिनी स्रोतले बताएको हो । तीन प्यालेस्टाइनीहरू घरको छतमा रहेको बेला इजरायली सैनिकहरूले मारेको बताइएको छ ।
हालसम्म इजरायली सेनाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । अक्टोबर ७, २०२३ मा गाजा पट्टीमा इजरायल र हमासबीचको द्वन्द्व शुरु भएदेखि वेस्ट बैंक तनावमा छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts