पितृका निम्ति उद्देश्य राखी श्रद्धापूर्व गरिने कार्यविशेषलाई श्राद्ध भनिन्छ । ‘श्रद्धया दीयते यत्र तच्छ«ाद्धं परिकीर्तितम्’ भनी निर्णयसिन्धुमा श्राद्धको परिभाषा गरिएको छ । यसैगरी ब्रहृमपुराणमा
‘देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतम् ।।’ (ब्रहृमपुराण) अर्थात् देश, काल र पात्रमा श्रद्धापूर्वक जुन भोजन पितृको उद्देश्यले ब्राहृमणलाई दिइन्छ उक्त कार्यलाई श्राद्ध भनिन्छ । पितृप्रतिको भक्तिभाव व्यक्त गर्ने माध्यम विशेषका रूपमा श्राद्धलाई लिइन्छ । श्राद्धका अनेकौं भेद पाइन्छन् । भविष्यपुराणमा नित्यश्राद्ध, नैमित्तिक श्राद्ध, काम्य श्राद्ध, वृद्धिश्राद्ध, सपिण्डनश्राद्ध, पार्वण श्राद्ध, गोष्ठी श्राद्ध, शुद्धिश्राद्ध, कर्माङ्ग श्राद्ध, दैविश्राद्ध, यात्रा श्राद्ध, पुष्टिश्राद्धका वारेमा चर्चा गरिएको छ । (निर्णयसिन्धु, पृ.७११) ।
सरी सम्पादन गरिने श्राद्धको स्थान पनि उपयुक्त हुनुपर्दछ भन्ने शास्त्रनिर्देश पाइन्छ । श्राद्ध अनुसारका श्राद्ध गर्ने स्थानका वारेमा पनि शास्त्रमा बताइएको छ । अनुपयुक्त स्थानमा गरिएको श्राद्ध निष्फल रहने, पितृतृप्तिदायी नहुने भएकाले पनि श्राद्ध गर्ने स्थानका बारेमा पनि विशेष विचार गर्नुपर्दछ भनिएको छ । श्राद्ध गर्ने देश वर्णाश्रम धर्मलाई स्वीकार गर्ने हुनुपर्दछ भनिएको छ :
‘प्रणष्टाश्रमधर्माश्च देशा वज्र्या प्रयत्नतः ।’ (वायुपुराण) अर्थात् जुन देशमा वर्णाश्रम धर्म नष्ट भएको छ त्यस देशमा श्राद्ध गर्नु हुँदैन । त्यस्तो देशको त्याग गर्नुपर्दछ भनी वायुपुराणमा बताइएको छ ।
श्राद्ध गर्ने भूमि कोइला, हाड आदि अशुद्ध पदार्थ नभएको एकान्त र शुद्ध भूमि हुनुपर्दछ । शुद्धस्थानमा गाईको गोवरले लेपन गरिएको दक्षिण भिरालो भएको स्थान प्रयत्नपूर्वक श्राद्धका निम्ति चयन गर्नुपर्दछ । यसैगरी तीर्थ भए पनि घर भए पनि दक्षिणतर्फ भिरालो स्थानलाई उत्तम मानिएको छ ।
रुख्खा सुखा जमिन भएको स्थान, नान थरीका कीट पतङ्गले ढाकिएको, हिलोले भरिएको, अनेक थरीका जीवजन्तुले व्याप्त स्थान, दुर्गन्धले पूर्ण स्थान र दुःखदायक आवाजले भरिएको स्थानमा श्राद्ध गर्नुहुँदैन भनिएको छ :
‘रुक्षं कृमिहतं क्न्लिनं सङ्कीर्णानिष्टगन्धिकम् ।
देशं त्वनिष्टशब्दञ्च वर्जयेच्छ«ाद्धकर्मणि ।।’ (यमस्मृति, निर्णयसिन्धु, पृ.७७५) जुन स्थान शान्त छैन अनेक प्रकारका कोलाहलले युक्त छ, जहाँ विभिन्न प्रकारका कीराले दुःख दिन्छन्, जहाँ दुर्गन्ध छ त्यस्तो स्थान श्राद्धका निम्ति त्याग्नुपर्दछ भनिएको छ ।
यसैगरी कृत्रिम जमिनमा पनि श्राद्ध गर्नुहँदन । आज्ञा नलिइकन अरुको घरमा पनि श्राद्ध गर्नुहुँदैन भनी बताइएको छ :
‘गोगजाश्वादिजुष्टेषु कृत्रिमायां तथा भुवि ।
न कुर्यााच्छ«ाद्धमेतेषु पारक्यासु च भूमिषु ।।’ (शङ्ख) अर्थात् गाई, घोडा, हात्ती आदिले भरिएको जमिन, कृत्रिम जमिन र अरुको स्वामीत्वमा रहेको जमिनमा श्राद्ध गर्नुहुँदैन । यसैगरी उक्त भूमिको मूल्य तिरेको छ भने दोष रहँदैन । अर्थात् भाडामा बस्नेले आफू बसेको स्थानमा श्राद्ध गर्न सकिने आशय निर्णयसिन्धुमा व्यक्त पाइन्छ (पृ.७७५) यस सन्दर्भमा गृहस्वामीको भने आज्ञा लिनुपर्दछ भनिएको छ :
‘स्वानुलिप्तेषु गेहेषु स्वेष्वनुज्ञापितेषु च ।
श्राद्धमेतेषु दातव्यं वज्र्यमेतेषु नोच्यते ।।’ (ब्रहृमपुराण) अर्थात् राम्ररी पोतेर चोख्याइएका आफ्ना घर र आज्ञाप्राप्त गरी श्राद्ध गर्न लागिएका अरुका घरमा पनि श्राद्ध गर्नुपर्दछ । यसमा कुनै वर्जित हुँदैन ।
कुनै द्विपमा वा अन्तरिक्षमा श्राद्ध गर्नुहुँदैन भनिएको छ :
‘नैकवासा न च द्वीपे नान्तरिक्षे कदाचन ।
श्रूतिस्मृत्युदितं कर्म न कुर्यादशुचिः क्वचित् ।।’
(स्मृतिसार) यसैगरी कर्ता अशुद्ध रहेको समयमा पनि श्राद्ध गर्नु हुँदैन भनिएको छ । यसैगरी वर्णाश्रम नभएको देशमा, रात्रिको समयमा, ब्राहृमण नभएको देशमा र आकाशमा (विमानमा) विद्वान् मानिसले श्राद्ध गर्नु हुँदैन :
‘म्लेच्छदेशे तथा रात्रौ सन्ध्यायां विप्रवर्जिते ।
न श्राद्धमाचरेद्विद्वान्न चाकाशे कथञ्चन ।।’ (दिवोदासीय) यसरी श्राद्ध गर्ने स्थान पवित्र र शास्त्रोक्त हुनुपर्दछ ।
श्राद्ध गर्ने भूमि कोइला, हाड आदि अशुद्ध पदार्थ नभएको एकान्त र शुद्ध भूमि हुनुपर्दछ भनी मनुस्मृतिमा बताइएको छ । श्राद्धका निम्ति गाईको गोवरले लिपेको संस्कृत भूमि, दक्षिणतर्फ भिरालो भएको भूमि उपयुक्त हुन्छ :
‘शुचिं देशं विविक्तं तु गोमयेनोपलेपयेत् ।
दक्षिणाप्रवणं चैव प्रयत्नेनोपपादयेत् ।।’ (मनुस्मृति) अर्थात् शुद्धस्थानमा गाईको गोवरले लेपन गरिएको दक्षिण भिरालो भएको स्थान प्रयत्नपूर्वक श्राद्धका निम्ति चयन गर्नुपर्दछ । यसैगरी तीर्थ भए पनि घर भए पनि दक्षिणतर्फ भिरालो स्थानलाई उत्तम मानिएको छ :
‘दक्षिणाप्रवणे देशे तीर्थादौ तु गृहेद्रपि वा ।
भूसंस्कारादिसंयुक्ते श्राद्धं कुर्यात्प्रयत्नतः ।।’ (विष्णुधर्मोत्तर पुराण) यसैगरी संस्कृत भूमि पनि श्राद्धका निम्ति आवश्यक रहन्छ भनिएको छ ।
श्राद्धभूमिको संस्कारअन्तर्गत भूमिलाई मार्जन गर्नुपर्दछ । बढारकुँडार गर्ने कार्यलाई ‘सफल’ गर्ने वा बढार्ने कार्य भनिन्छ । यसैगरी पात पतिङ्गरलाई जलाउनुपर्दछ जसलाई ‘दाह’ भनिन्छ । यसैगरी हलाको फालीले जोतेरभित्री दोष निवारण गर्नुपर्दछ । जसलाई ‘फाल’ भनिन्छ । यसपछि गोक्रमणको कार्य गर्नुपर्दछ । जसअन्तर्गत गाईको खुरद्वारा जमिन कुल्चाउनुपर्दछ । यसपछि ‘सेक’को कार्य हुन्छ । सेक भनेको गउँत, गोवर, दूध र पानी मिसाएर जमिनमा छर्कने कार्य हो । यसपछि ‘उल्लेखन’को कार्य गर्नुपर्दछ । जसअन्तर्गत जमिनलाई ताछ्ने वा कोदालेले खन्ने कार्य हुन्छ । यसपछि लेप अर्थात् गोवर एवं माटोले लेपन वा पोत्ने कार्य गर्नुपर्दछ । यसरी भूमि शुद्ध हुन्छ । यो विधान नयाँ स्थानमा श्राद्ध गर्नलाग्दा पूरा गर्नुपर्दछ ।
श्राद्धभूमिको संस्कारअन्तर्गत भूमिलाई मार्जन गर्नुपर्दछ । बढारकुँडार गर्ने कार्यलाई ‘सफल’ गर्ने वा बढार्ने कार्य भनिन्छ । यसैगरी पात पतिङ्गरलाई जलाउनुपर्दछ जसलाई ‘दाह’ भनिन्छ । यसैगरी हलाको फालीले जोतेर भित्री दोष निवारण गर्नुपर्दछ । जसलाई ‘फाल’ भनिन्छ । यसपछि गोक्रमणको कार्य गर्नुपर्दछ ।
घरमा श्राद्ध गर्दा मार्जन र लिपाईबाट भूमि शुद्ध हुन्छ भनी याज्ञवल्क्यस्मृतिमा बताइएको छ :
‘भूशुद्धिर्मार्जनाद्दाहात्कलाद्गोक्रमणात्तथा ।
सेकादुल्लेखनाल्लेपाद्गृहं मार्जनलेपनात् ।।’ (याज्ञवल्क्यस्मृति, १।१८८) अर्थात् घरमा श्राद्ध गरिँदै छ भने गाईको गोबरले श्राद्धस्थानलाई लिप्नु पर्दछ । अन्यत्र गरिन्छ भने भूमिसंस्कार गर्नुपर्दछ । यी सबै कार्य पवित्रताका निम्ति बताइएका हुन् । ‘मृत(छिन्न) तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध, आश्विन कृष्णपक्ष एवं कुनै पनि औँसीमा मर्नेका निम्ति तीन पिण्ड दिएर गरिने एकपार्वणश्राद्ध र आश्विन कृष्णपक्षमा गरिने द्विपार्वण, त्रिपार्वण वा चतुःपार्वणश्राद्ध पितृको एक वर्षसम्मको तृप्तिका लागि पायस पिण्ड दिएर गर्नुपर्दछ, यस्तो श्राद्ध घरमा वा शुद्ध स्थलमा गर्नुपर्दछ ।
तीर्थश्राद्ध जुन वखत तीर्थमा पुगिन्छ त्यसैवेला जौको पिण्ड दिएर सबै पितृको गर्नुपर्दछ । अतः पायसपिण्ड दिएर गरिने श्राद्ध चाहिँ तीर्थमा गर्नुभन्दा घरमा गर्नु आठगुणा बढी फल मिल्ने हुन्छ ।’ ‘तीर्थादष्टगुणं पुण्यं स्वगृहे ददतः शुभे ।’ (निर्णयसिन्धु, चूडामणिटीका, पृ.७७२) गाईको गोठ वा गाईले कुल्चिएको भूमि श्राद्धका निम्ति शुद्ध मानिएको छ : ‘गवां च परिवासेन भूमिः शुद्ध्यति ।’ (मनुस्मृति) यसैगरी तुलसीका छायाँ पर्ने स्थान पनि श्राद्धका निम्ति उपयुक्त मानिएको छ :
‘तुलसीकाननच्छाया यत्र यत्र भवेद् द्विज ।
तत्र श्राद्धं प्रदातव्यं पितृृणां तृप्तिहेतवे ।।’ (स्कन्दपुराण) अर्थात् तुलसीको जुन स्थानमा छायाँ पर्छ उक्त स्थान श्राद्धका निम्ति उत्तम रहन्छ ।
पितृका निम्ति तृप्तिदायक रहन्छ । यसैगरी तीर्थश्राद्धका निम्ति कुरुक्षेत्र, गया, गङ्गा, सरस्वती, प्रभास, पुष्कर क्षेत्र विशेष पुण्यदायी रहन्छन् भनी महाभारतमा बताइएको छ :
‘तस्या देशाः कुरुक्षेत्रं गया गङ्गा सरस्वती ।
प्रभासं पुष्करं चेति तेषु श्राद्धं महाफलम् ।।’ (महाभारत, निर्णसिन्धु, पृ. ७७२) श्राद्ध श्रद्धाभक्तिपूर्वक पितृका निम्ति गरिने कार्य विशेष हो । श्राद्धगर्ने स्थान कस्तो हुनुपर्दछ भन्ने विषमा पनि शास्त्रमा विशद विवेचना पाइन्छ । मूलतः पवित्र भूमि श्राद्धका निमित उत्तम मानिएको छ । यसैगरी गाईको गोठ भएको, गाईले किल्चिएका स्थान श्राद्धका निम्ति उत्तम रहन्छन् । यसैगरी तुलसीका छायाँ पर्ने स्थान, तीर्थ पनि श्राद्धका निम्ति पनि पवित्र स्थल हुन् ।
घरमा गर्ने र तीर्थमा गर्ने दुवै प्रकृतिका श्राद्धको व्यवस्था शास्त्रमा उल्लेख पाइन्छ । मूलतः घरमा गरिने श्राद्ध घरमा नै गर्नु उत्तम फलदायी रहन्छ । श्राद्ध गर्ने स्थान दक्षिणतर्फ झुकेको उत्तम मानिएको छ । यसैगरी उक्त स्थानलाई भूमि संस्कार गरी गाईको गोवरले लिपेर पवित्र तुल्याउनुपर्दछ भनिएको छ । झार पात भएको, अशुद्ध स्थान, वर्णाश्रम धर्म नभएको स्थान, विकृत दुर्गन्ध आउने स्थान, कोलाहल हुने स्थान श्राद्धका निम्ति वर्जित गरिएको छ । घर तीर्थदेखि अन्यत्र श्राद्ध गर्दा भूमिशोधन वा संस्कारपूर्वक गर्नुपर्दछ । मूलतः पवित्र, शान्त, गाईले किल्चिएको भूमि श्राद्धका निम्ति उत्तम स्थान मानिएको छ । जसबाट पितृ तृप्त हुन्छन् भनिएको छ ।






