काठमाडौं । हरेक नेपाली सेयरधनी भन्ने नारा आत्मसात गर्दै नेपालीहरूको महान् चाड बडादशैँ, दीपावली तथा छठका अवसरमा गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैँ तिहार अफर’ ल्याएको छ ।
कात्तिक ३० गतेसम्म सञ्चालन हुने अफरअन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरो सेयर खाता खोल्दा लक्की ड्रमार्फत् भाग्यशाली तीन ग्राहकले स्मार्ट वाच जित्न सक्नेछन् । अफरअन्तर्गत कमलपोखरी, काठमाडौंस्थित गरिमा क्यापिटलकोे केन्द्रीय कार्यालय, देशैभरका सम्पूर्ण शाखा कार्यालय र गरिमा क्यापिटलको वेबसाइटमार्फत् बिनाझन्झट घरमै बसी खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।






