काठमाडौं । राष्ट्रिय झण्डाले दरबार मार्ग रमणीय बनेकाे छ । नेशनल डे कन्सर्ट आयोजना भइरहेको दरबारमार्ग क्षेत्रमा नेपालको झण्डा फहराइएको हो ।
संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेशनल डे कन्सर्टका लागि हजारौं मानिस दरबार मार्ग क्षेत्रमा आएका छन् ।
मानिसहरूको आवागमन हेरेर करिव ५ हजार सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।
संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठूलो संख्यामा युवाहरू राष्ट्रिय झण्डासहित सहभागी भएका छन् ।
कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुति रहने बताइएको छ । सो कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतसहभागी हुने भनिएको छ ।













This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts