पाल्पामा धमाधम ‘पोके व्यापारी’ पक्राउ पर्दै

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । पछिल्लो केही दिन यता पाल्पामा ‘पोके व्यापारी’ धमाधम पक्राउ पर्न थालेका छन् । विभिन्न स्थानमा गैरकानूनी रुपमा व्यापार व्यावसाय गर्दै हिड्ने पोके तथा घुमुवा व्यापारीलाई स्थानीय व्यवसायी आफैले पक्रिन थालेका हुन् ।

व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नुपर्ने भएपनि विना दर्ता र कर, विलविजक नै जारीसमेत नगरी भाडा, लत्ताकपडा, नक्कली गरगहना, कस्मेटिक, अण्डा, कुखुरा, औषधि, फलफूल,तरकारी, आइसक्रिमलगायत विभिन्न सामग्री विक्रि गर्दै हिड्ने व्यापारीहरुहरुलाई जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुले निशेष नै गर्ने नियन्त्रण गर्न थालेका छन् ।

सोमबार गैरकानुनी ढंगले भ्यानमा कपडा बेच्दै हिड्ने व्यापारीलाई पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईको नेतृत्वमा खटिएको व्यवसायीहरुको टोलीले सदरमुकाम तानसेनस्थित शितलपाटीबाट पक्राउ गरेका छन् । काठमाडौंको इन्द्रचोकबाट बुटवलको एक पसलका लागि ल्याइएको तन्ना, सिरकको खोल, सिरानी जस्ता सामानहरु बा १० च ८९८५ को भ्यानमा राखेर बेच्दै हिडेको अवस्थामा संघका पदाधिकारी सहितका व्यवसायीहरुले शितलपाटीबाट नियन्त्रणमा लिएका हुन् ।

कपडासहितको भ्यान नियन्त्रणमा लिई कर कार्यालय पाल्पाका प्रतिनिधि, तानसेन नगरपालिकाका प्रतिनिधि सहितलाई खबर गरी जिल्ला प्रहरी कार्यालय पाल्पालाई जिम्मा लगाइएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो । सोही टोलीले मंगलबार पनि तानसेनका विभिन्न ठाउँबाट हातमा कपडा लिएर बेच्दै हिड्ने दुई जना घुमुवा व्यपारीलाई समेत समातेको छ । ति व्यापारीहरुले काठमाडौंबाट बुटवलसम्मका लागि भन्दै ल्याएका कपडा सिधै तानसेन ल्याइएको बुझिएको छ ।

ADVERTISEMENT

उनीहरुलाई भने नियन्त्रणमा लिई सम्झाई बुझाई तानसेन नगरपालिकाको जिम्मा लगाइएको संघले जनाएको छ । कानुन विपरित पोके र घुमुवा व्यपारीका कारण राज्यलाई कर तिरी वैधानिक रुपमा सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएका जिल्लाका हजारौ ब्यावसायीलाई असर परेका कारण पोके व्यापारीहरुलाई नियन्त्रणमा लिईएको अध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले पटक-पटक पोके व्यापारीहरुलाई सम्झाई, बुझाई गर्दै आयौं तर त्यस्तो काम नरोकिएपछि बाध्य भएर नियन्त्रण गर्न लागेका हौं ।’ अनाधिकृत पोके ब्यवसायीलाई सम्वन्धित निकायमा व्यावसाय दर्ता गरी कानून बमोजिम सञ्चालन गर्न समेत आग्रह गरेको उहाँले बताउनुभयो । यस्ता व्यावसायीहरुबाट जिल्लाको समग्र व्यापार व्यावसायमा प्रभाव पर्ने मात्र नभई सामाजिक अपराधका घटना समेत घटेकोले आवश्यक निगरानी गर्न प्रशासनलाई समेत संघले अनुरोध गरेको छ ।

पोके व्यापारीले स्थानीय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षेनी लाखौ रुपैयाँ कर गुमाउनु परेको भन्दै स्थानीय व्यवसायीहरुकै आग्रहमा पोके व्यापारी समाउन थालिएको संघका सचिव विदुर घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘काठमाडौंबाट बुटवलको एक पसलका लागि भनेर कागज बनाएर ल्याइएको भए पनि व्यापारीले बुटवल नझारी सिधै तानसेनका बजारमा बेच्दै हिडेको थाहा पाएपछि हाम्रो टोलीले शितलपाटीबाट एक भ्यान कपडा नियन्त्रणमा लिएको हो ।’

संघका अध्यक्ष भट्टराईको नेतृत्वमा महासचिव समिरमान सिंह, कोषाध्यक्ष विनायक महर्जन, सचिव बिदुर घिमिरे, सदस्यहरु कमलराज पाण्डे, सहमत मियालगायतको टोलीले गाडीलाई नियन्त्रणमा लिएको हो । भ्यान नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको थियो । थप अनुसन्धानपछि स्थानीय सरकारले नै उक्त विषय हेर्ने भएकाले तानसेन नगरपालिकालाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो । नगरपालिकाले भने पहिलो पटक भएकाले जरिवाना स्वरुप ५ सय लिई सम्झाई बुझाई गरी पठाइएको राजस्व शाखा प्रमुख मधुसुधन घर्तीले बताउनुभयो । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत भाडा, लत्ताकपडा, नक्कली गरगहना, कस्मेटिक सामानहरु बाहिरबाट लिएर विना कागजात व्यापार गर्नेको विगविगि रहेको छ ।

जिल्ला भर सयौंको संख्यामा व्यापारी यस्तो व्यापारमा लागेको देखिएपनि नियन्त्रणका लागि सम्बन्धित निकायबाट प्रभावकारी कदम भने चालिएको छैन । बरु स्थानीय सरकार आफै न्यूनतम शुल्क लिएर त्यस्ता व्यापारीहरुलाई अनुमति दिई व्यापार गर्न प्रोत्साहन गर्दै आएको स्थानीय व्यवसायीहरुको आरोप छ । स्थानीय सरकारले त्यस्ता कुराहरुमा ध्यान नदिएपछि नीजि क्षेत्रले आफ्ना उद्योगी व्यवसायीहरुको हकहितका लागि आफै सक्रिय भएर पोके व्यापारी नियन्त्रणमा लागिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?