भक्तपुरको मध्यपुर थिमिमा मनाइने ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-बाबुराम दाहाल

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा मनाइने 'जिब्रो छेड्ने जात्रा' सम्पन्न भएको छ । जात्राको प्रमुख आकर्षण जिब्रो छेडाउने व्यक्ति रहने गर्दछन । बुधवार साँझ मध्यपुर थिमि-४ का  विरेन्द्रभक्त गजू श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाउनु भएको छ ।

दिगु टोलस्थित डवलीमा साँझ करिब सवा ८ बजे उहाँको जिब्रो छेडिएको हो । नकर्मीले एक महिना अघि निर्माण गरी शुद्ध तोरीको तेलमा डुवाएर राखेको करिव १० इन्च लामो नातु(सुईरो)बाट कमीनायोले विक्रमभक्तको जिब्रो छेडिदिनु भएको थियो । विरेन्द्रभक्तले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाउनु भएको थियो ।

ADVERTISEMENT

जिब्रो छेडाई सकेपछि विरेन्द्रभक्तले बाँसले निर्माण गरिएको ४० किलो गह्रौ भ्यं (महादीप, अर्धचन्द्राकार बासले बनाइएको बस्तु)बोकेर करिब ८ घण्टा नगर परिक्रमा गर्नुभयो । उहाँ  भुलाँखेल, सिद्धिकाली मन्दिर, सानोथिमि, पेप्सीकोला, एअरपोर्टको उत्तरपुर्वको बाटो बाट गुहेश्वरी हुँदैं पशुपतिनाथको दर्शनका लागि पुग्नुभयो । पैदल यात्रामा उहाँलाई मध्यपुर थिमिमा प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख बिजय कृष्ण श्रेष्ठ ठुलो जनसमुदायले पछ्याउनु भएको थियो । सो अवसरमा स्थानीय सिवा सायमी खल: र मानन्धर युवा समुहबाट दुईवटा यांमता (ईन्द्ररुपी बत्ती)को पनि प्रदर्शन गरिएका थिए ।

पशुपति पुगेका विक्रमभक्तको जिब्रोमा नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे र पशुपति विकास कोषका पदाधिकारीले चाँदीको कचौरामा सुनको चम्चाले शुद्ध तोरीको तेल राखिदिनु भयो । पशुपतिनाथको दर्शन गरी फर्केपछि जिब्रोबाट नातु(सुइरो) निकालेर बिहान करिब ४ बजेको समयमा बालकुमारी मन्दिरमा ठोकिएको छ । आज बिहान बालकुमारीमा विसर्जन पूजा भए संगै यस वर्षको जिब्रो छेडाउने जात्रा सम्पन्न भएको उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताउनुभएको छ  ।

मध्यपुर थिमिमा वर्षेनी दुईपटक यो जात्रा मनाउने गरिन्छ । बोदेमा बिस्का जात्राको अवसरमा नयाँ वर्षको दोस्रो दिन जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ भने इन्द्रजात्राको अवसरमा येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ दिगु टोलमा पनि जिब्रो छेड्ने जात्रा मनाइने प्रचलन रहीआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज