काठमाडौं । स्वास्थ्यका लागि हानिकारक हो भन्ने थाहा हुँदा हुँदै पनि हामी मध्ये कतिलाई चुरोटको लत छ । चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पाजस्ता धुँवा तान्ने तथा सुर्ती, जर्दा, पान, नस, गुट्खा जस्ता धुँवारहित रुपमा सेवन गर्ने सुर्तीजन्य पदार्थमा लत लगाउने रसायन निकोटिन हुन्छ। यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्छ ।
शुरुमा रहररहरमै सेवन गरिने चुरोट जब लत बन्छ तब त्यसलाई छुटाउन निक्कै मुस्किल नै पर्छ । तर आफ्नो मनलाई बहसमा राख्न सके तत्काल चुरोट छोड्न सकिने चिकित्सकहरु बताउँछन् ।
यदी तपाईंपनि चुरोटको अम्मली हुनुहुन्छ र छोड्न चाहानुहुन्छ भने केहि कुरामा सम्झौता गर्नुहोस् । चाँडै तपाईंले चुरोट छोड्नुहुनेछ । यहाँ, चुरोटको लत छुटाउन सहयोगी हुने केही उपायहरु सुझाइएको छ।
सबैभन्दा पहिला चुरोट खाने मानिसबाट टाढा रहनुहोस् । तपाईंको बानी विस्तारै हट्दै जान्छ । चुरोटको तलतल लाग्दा चिया, कफी वा अन्य कुनै खानेकुरा खानुहोस् । जसले तपाईंलाई चुरोट बिर्साउँछ ।
चुरोट छोड्छु भन्ने विषयमा आफू प्रतिबद्ध हुनुहोस् । आफ्नो मानसपटलमा चुरोटको हानी के हो त्यसलाई राख्नुहोस् ।
अरुले चुरोट खाएको देखेर खाने तलतल लाग्छ भने केही टाढा बस्नुहोस् । चिया खाजा खान जाँदा ‘नो स्मोकिङ जोन’ भएको ठाउँमा जानुभयो भने चाँडै तपाईंको हातमा हुने चुरोटको ठूटो हट्ने निश्चित छ।
पत्रपत्रिकाबाट








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts