काठमाडौं । डिजिटल वालेट माइपेले नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माइपे मेला : चाडबाडको बहार, माइपेमा उपहारै उपहार’ अफर सार्वजनिक गरेको छ । युवालाई डिजिटल कारोबारप्रति आकर्षित गर्न कम्पनीले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहार घोषणा गरेको हो । मंसिर ३० सम्म चल्ने यस योजनामा माइपे प्रयोगकर्ताले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कार जित्न सक्ने बताइएको छ ।
माइपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माइपे स्कुटर जित्न सकिनेछ भने मेगा पुरस्कारमा दुईजना विजेताले आइफोन १६ र दुईजनाले हिराको औंठी जित्न सक्नेछन् । साप्ताहिक पुरस्कारमा हरेक हप्ता इयरबड्स, स्मार्टवाच, एनालग वाच, चाँदीको औंठी र १० हजार रुपैयाँ बराबरको ब्युटी प्रोडक्स र धेरै गिफ्ट भौचर जित्न सक्ने कम्पनीले जनाएको छ । यस माइपे मेला अवधिभर प्रयोगकर्तालाई ७५ लाख बराबरको डिस्काउन्ट, क्यासब्याक भौचरका साथै हरेक हप्ता १०-१० जनालाई माइपेबाट कारोबार गर्दा कारोबार रकमको शतप्रतिशत फिर्ता हुने बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता