काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले 'क्लियर चिट' दिएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले समितिले ‘क्लिन चिट’ भनेर भ्रम नछर्नु भन्दै ‘क्लियर चिट’ को वास्तविकता बुझ्न अपिल गर्दै प्रतिवेदनको गलत ब्याख्या नगर्न आग्रह गर्नुभएको छ ।
महामन्त्री शर्माले भन्नुभएको. छ 'प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं बरु ‘क्लियर चिट’ किटान गरेको छ, प्रतिवेदनले चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।’
संसदीय विशेष समितिले रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन संसदमा बुझाइएको छ । तर लामिछानेसहित रास्वपाका नेताहरुले भने समितिले आफुलाई क्लिन चिट दिएको भन्दै आउनु भएको छ ।
साथै महामन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दलको नाम फेर्न सुझाव दिनुभएको छ। रास्वपाको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिँदै उहाँले अब दलको नाम जुराउने साहस राख्न भन्नुभएको छ ।
‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामना सहित दुई सुझाव । पहिलो, कतिपय असन्तुष्टिको माहौलमा ‘स्वतन्त्र’ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग ‘क्यास’ गर्न ‘स्वतन्त्र’ नाम रोज्नुभो । एउटा आकार बनाउनुभो । अब ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस राख्नोस् । शुभकामना,’– महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts