झापा। कर्तव्य निर्वाहमा लापरबाही गरेको निष्कर्षसहित झापामा तीनजना प्रहरी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेहरूमा सहायक हवल्दार धनेश्वर यादव, प्रहरी जवानद्वय दिपेन मण्डल र सामकुमार राई छन् ।
कार्यक्षेत्रमा खटिएकै बेला कैदीबन्दीको आफन्तले खुवाएको मादकपदार्थ सेवन गरेको र कैदीबन्दी भगाउन भूमिका निर्वाह गरेपछि उनीहरू निलम्बनमा परेका हुन् । उपचारका लागि अस्पताल लगिएका कैदीबन्दी स्कुटर लिएर फरार भएको सो घटनाको छानबिन गर्न प्रशासनले चार सदस्यीय छानबिन समिति बनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति बनाएको छ । झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार छानबिन समितिमा सहायक प्रजिअ नेपाल, राष्ट्रिय अनुसन्धान कार्यालय र जिल्ला कारागार झापाका प्रमुख र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सदस्य छन् । यद्यपि, सो छानबिन समितिको समय सीमा स्पष्ट पारिएको छैन ।
प्रहरीका अनुसार भद्रपुर नगरपालिका ५ घर भएका २४ वर्षीय जीवन साह शनिबार बिहान ओमसाई अस्पताल भद्रपुरबाट प्रहारीलाई छक्याएर भागेका थिए । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि गत भदौ ५ गते झापा कारागार चलान गर्न आदेश दिएको थियो ।
कारागारमा रहेका साहलाई छातीमा समस्या भएपछि उपचारका लागि भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनलाई प्रादेशिक अस्पतालबाट तत्कालै ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । उनी सोही अस्पतालबाट प्रहरीलाई छक्याएर फरार भएका हुन् ।
ओमसाई पाथीभरा अस्पतालमा उपचाररत साहलाई शनिबार बिहान ३ः४० बजे शौचालय जाने बहाना बनाएर साह शौचालयबाटै भागेका थिए । स्कुटरसहित साह भद्रपुर ३ को मेचीपुलको झोलुङ्गे पुल हुँदै भारततर्फ भागेका छन् ।
साहलाई श्रीमतीले भगाएको बताइन्छ । ओमसाइ पाथीभरा अस्पतालमा उपचाररत साह अस्पतालको दोस्रो तलाको दुई नम्बर क्याबिनमा बसेका थिए । साहको सुरक्षाका लागि प्रहरी सहायक हवल्दार यादव, प्रहरी जवानहर मण्डल र राई खटिएका थिए ।
उनीहरू तीनैजनालाई साहकी श्रीमतीले मादकपदार्थ सेवन गराएको गराएर अल्मल्याएकी थिइन् । त्यसको केहीबेर पछि साह श्रीमतीसहित स्कुटरमा अस्पतालबाट भागेको अस्पतालको सिसी टिभी फुटेजमा देखिन्छ । तरपनि साहलाई पक्राउ गर्न प्रहरी चुकेको थियोे ।
यसअघि भदौ ४ गते उपचारका लागिएको बेला थुनुवा विशाल राई पूर्णटुंग बिर्तासिटी अस्पताल बिर्तामोडबाट हतकडी खुस्काएर भागेका थिए । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका राईलाई उपचारका लागि अस्पताल लगिएको थियोे ।
उनी भदौ ८ गते अर्जुनधारा नगरपालिका ११ स्थित नयाँ बसपार्कको घिसिङ मोटरसाइकल ग्यारेज नजिकको चिया पसलमा चुरोट खाँदै गरेको अवस्थामा पुनः पक्राउ परेका थिए । लागूपदार्थ ओसारपसारमा पक्राउ परेका राई दमक नगरपालिका ३ बेलडाँगी भुटानी शरणार्थीका शरणार्थी हुन् । अहिले राई जिल्ला कारागार झापामा छन् ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा