काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दहाल नियुक्त हुनुभएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावलीबमोजिम बैंक सञ्चालक समितिको १४९औँ बैठकले चारवर्षे कार्यकालका लागि उहाँलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
नेपाल सरकारको सचिव पदबाट सेवानिवृत्त दहाल एमपिए र एमबिएका साथै कानुनमा स्नातक हुनुहुन्छ । सरकारी सेवामा रहँदा उहाँले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ । उहाँको कार्यकालमा बैंकले थप उचाई हासिल गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts